नेप्से पुनः ओरालो यात्रामा
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.६२ विन्दुले घटेर एक हजार १६७.४१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.३६ विन्दुले घटेर २५४.३६ मा पुगेको छ । नेप्से आरोलो लागे पनि कारोवार रकम भने औसतमा रहेको छ । कूल १७२ कम्पनीको कूल १६ लाख ४१ हजार २११ कित्ता शेयर रु ५८ करोड ८६ लाख ७७ हजार ८८७ मूल्यमा शेयर कारोवार भयो ।
नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्दा आठ उपसमूहको शेयर भने बढेको छ । बैंकिङ ०.६९, व्यापार ३५.७२, विकास बैंक २.२९ र जीवन बीमा १६.५५ विन्दुले बढेको छ । यस्तै होटल ९.८८, जलविद्युत् ६.४७, वित्त १.२५, निर्जीवन बीमा २४.६७, उत्पादन २४.२६, अन्य ०.२५, लघुवित्त ०.७३ र सामूहिक लगानी ०.०३ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार आज कारोवारका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १३ करोड करोड २२ लाख ११ हजार २४८ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै, एनआइसी एशिया ऋणपत्र रु छ करोड एक लाख ४७ हजार ५००, कृषि विकास बैंक रु चार करोड २८ लाख ६० हजार ८२१, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ३८ लाख १४ हजार ५०१, प्रभु बैंक रु दुई करोड २० लाख ४५ हजार ५४७, हिमालयन डिस्टिलरी रु दुई करोड १२ लाख ६१ हजार ६८९ र एनआइसी एशिया बैंकको रु एक करोड ४७ लाख ८८ हजार १७४ मूल्य बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।
नेप्सेका अनुसार आज नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ८.८० प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ८.३४, यूनियन हाइड्रोपावर ३.७७, कर्पोरेट डेभलपमेन्ट बैंक २.८८, तिनाउ मिशन डेभलपमेन्ट बैंक २.६५, र गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले २.५१ प्रतिशतले कमाए । त्यस्तै, पाँचथर पावर ७.६२, हिमालयन पावर पार्टनर ४.८२, हिमालयन डिस्टिलरी ३.१९, नेपाल फाइनान्स २.९४ र अरुण काबेली पावरका लगानीकर्ताले २.६७ प्रतिशतले गुमाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण