उपराष्ट्रपति पुनलाई पर्यटनमन्त्री भट्टराईको निमन्त्रणा
बिहीबार, १० पुस २०७६, १९ : ३०
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले उपराष्ट्रपति नन्दबहादुर पुनलाई नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा सहभागिताका लागि निमन्त्रणा दिएका छन् ।
पर्यटनमन्त्री भट्टराईले आज उपराष्ट्रपति कार्यालयमा पुगेर भ्रमण वर्षको निमन्त्रणा दिनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । पर्यटनमन्त्रीका साथ मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, भ्रमण वर्ष सचिवालयका सदस्यसचिव बच्छुनारायण श्रेष्ठलगायत उपराष्ट्रपति कार्यालयमा पुगेका थिए ।
भ्रमण वर्षको उद्घाटन सन् २०२० जनवरी १ तारिखका दिन (पुस १६ गते) दशरथ रङ्गशालामा भव्य समारोहका बीच हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने छिन् भने सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण