मनोहरा खोलाको बालुवा पुनः मनोहरा खोलामै
भक्तपुर । मनोहरा खोलाबाट अवैध रूपमा निकालेर राखिएको बालुवा पुनः खोलामा नै हालिएको छ । शुक्रबार मध्यपुर थिमि नगरपालिका र महानगरीय प्रहरी बृत थिमिको नेतृत्वमा मनोहरा बालुवा मनोहरामै हालिएको हो । पछिल्लो केही दिनयता भक्तपुर र काठमाडौको सिमाना भएर बग्ने उक्त खोलाबाट अबैध रुपामा बालुवा निकालेर बिक्री हुँदै आएको छ ।
खोलाबाट निकालेर थुपारेको बालुवा डोजर प्रयोग गरेर खोलामा नै फ्याकिएको हो । बिहीबार प्रहरी बृत थिमिले खोलाबाट बालुवा निकाल्ने काम गर्ने ६ जनालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक दीपक केसीले जानकारी दिएका छन् ।

बालुवा निकाल्ने कार्यलाई रोक्न प्रहरी र नगरपालिकाले शुक्रबार दिउँसो करिब ७ मिनि ट्रक बालुवा खोलामा हालेको छ । केही दिनअगाडी मात्रै उक्त स्थानमा बालुवा बोक्ने ट्रकका चालक र प्रहरी बीच बिवाद हुँदा चालक फरार भएका थिए ।
उक्त दिन बालुवा सहितका चारवटा मिनि ट्रक प्रहरी बृत थिमिले नियन्त्रणमा लिएको थियो । प्रहरीले प्राकृति श्रोतको दोहन गरेर अबैध रुपमा बालुवा निकाल्नेलाई जरिवाना सहित कारवाही गर्न स्थानीय तहमा पठाउने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण