‘न्यू इयर इभ’मा पौवामा प्रमोदले दर्शक झुमाउने
भैरहवा– अङ्ग्रेजी नयाँ वर्ष २०२० को पूर्वसध्यामा भैरहवामा रहेको ‘होटल पौवा’ले ‘न्यू इयर इभ २०२०’ विशेष कार्यक्रम गर्ने भएको छ ।
भैरहवास्थित होटल पौवाले आज पत्रकार सम्मेलन गर्दै नेपाल सरकारले राष्ट्रिय महोत्सवको रुपमा ‘नेपाल भ्रमण वर्ष २०२०’ मनाउन गइरहेकोले सरकारको यस अभियानलाई साथ दिनकै लागि पनि न्यू इयर विशेष कार्यक्रम गर्न गइरहेको जानकारी गराएको हो ।
होटल स्थापनाको वर्षदेखि नै विविध कार्यक्रमहरु गर्दै आइरहेको पौवाले यस वर्ष राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुका साथमा कार्यक्रम गर्न लागेको जनाएको छ ।
कार्यक्रममा सुगम संगीतका धरोहर गायक प्रमोद खरेल, गायीका टिका प्रसाईं, हास्य नायक राजा राजेन्द्र र स्थानीय कलाकारहरुको प्रस्तुति रहने होटल पौवाका महाप्रबन्धक विष्णु भण्डारीले बताए ।
नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई होटलमा स्वागत गर्न आतुर रहेको बताउँदै विदेशी पर्यटकलाई नेपाली स्थानीय खानाका परिकार विशेष छुट्का साथ खुवाउने शुभओम कम्पनीका अध्यक्ष हरिबहादुर थापाले बताए ।
‘होटल पौवा, जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मुलमन्त्र बोकेको होटल पौवाले विदेशी पाहुनालाई नेपाली आतिथ्यको न्यानोपन दिनुका साथै आफ्ना खानामा परिमार्जन गर्न लागेको समेत अध्यक्ष थापाले बताए ।
होटल पौवाका महाप्रबन्धक विष्णु भण्डारीले नेपाली रैथाने खानालाई विदेशी पर्यटकमाझ लोकप्रिय बनाउँदै नेपाली खानाको अन्तर्राष्ट्रियकरण गर्ने अभियानमा लागेको बताए ।
२० प्रकारका नेपाली रैथाने खानालाई मेनुमा समावेश गरेको बताउँदै प्रदेश ५ क्षेत्रले इतिहास बोकेको सुजता खीरलाई प्रदेशको चिनारीको रुपमा अघि सारेको महाप्रबन्धक भण्डारीले जानकारी दिए ।
सुजता खीरलाई नियमित डेजर्टमा समावेश गर्ने र भ्रमण वर्ष २०२० को अवसरमा यस होटलबाट सेवा लिने सबै विदेशी पर्यटकलाई १० प्रतिशत छुटको व्यवस्था समेत गरिएको छ ।
होटल पौवाले प्रदेश नम्बर पाँचका पर्यटकीय सम्भावना बोकेका ठाउँमा शाखा खोलिसकेकाले यस आर्थिक वर्षमा पश्चिम क्षेत्रमा तीव्रताका साथ होटल सञ्चालनमा ल्याउने बताएको छ । आगामी १० वर्ष भित्र होटल पौवाका देशव्यापी रुपमा एक सय शाखा संचालनमा ल्याउने होलटका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना