आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

झनै बढ्यो चिसो, काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री

शनिबार, १२ पुस २०७६, ०९ : ४६
शनिबार, १२ पुस २०७६

मौसम पूर्वानुमान महाशाखाले देशभरीको तापक्रमको पछिल्लो विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ६ डिग्री पुगेको छ भने देशका अन्य भागहरुको तापक्रम पनि घट्दो क्रममा रहेको छ । 

महाशाखाले हिजो (शुक्रबार) उपत्यकाको न्यूनतम तापक्रम ० दशमलव ९ डिग्रीमा झरेको बताएको थियो भने दिउँसो १ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो । 
काठमाडौँ छ ।  

यसअघि  बुधबार  र बिहिबार क्रमशः २ २ दशमलव ९ डिग्री सेल्सियस र १ डिग्री सेल्सियस रहेको थियो  ।  

काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । भने चिसो बढ्दै गएको छ । दिनभरीको मौसम सफा भएपनि मौसममा बदली भइरहने महाशाखाले जनाएको छ ।  

त्यस्तै, तराईका भूभागहरुमा अपराहन्नसम्म बाक्लो हुस्सु र कुहिरो रहने हुनाले राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आउने र चिसो नै रहने देखिन्छ।

 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप