लेस्टरसँग हारेपछि वेस्टहामका प्रशिक्षक पेलेग्रिनी बर्खास्त
इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको लेस्टर सिटीसँग पराजित भएपछि वेस्टहामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई बर्खास्त गरेको छ । शनिबार राति भएको खेलमा लेस्टरले वेस्टहामलाई उसैको मैदानमा २–१ गोलले हरायो ।
घरेलु मैदानमा लेस्टरसँग हार खेपेसँगै प्रशिक्षक पेलेग्रिनी वर्खास्तीमा परेका हुन् । पेलिग्रिनी १८ महिनामै बर्खास्तीमा परेका हुन् । उनी सन् २०१८ को मे महिनामा तीन बर्षका लागि वेस्टहाममा अनुबन्ध भएका थिए । वेस्टहाम लिगमा पछिल्ला १२ खेलमध्ये नौ खेलमा पराजित भएको छ ।
लेस्टरको जितमा केलेची इहेनाचोले ४०औं र डेमाराई ग्रेले ५६औं मिनेटमा गोल गरे । वेस्टहामका पाब्लो फोमलसले ४५औं मिनेटमा एक गोल फर्काएका थिए । जितसँगै दोस्रो स्थानमा रहेको लेस्टरको २० खेलबाट ४२ अंक पुगेको छ । १९ अंक बनाएको वेस्टहाम १७औं स्थानमा छ । शीर्ष स्थानमा रहेको लिभरपुलको ५२ अंक छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ३८ अंक छ ।
वेस्टहामले प्रशिक्षक पेलेग्रिनी बर्खास्त गरेसँगै पूर्व प्रशिक्षक डेविड मोयसलाई नयाँ प्रशिक्षक बनाउने सम्भावना छ । वेस्ट हामका अध्यक्ष डेविड सुलिवनले निकै निराशाको साथ पेलेग्रिनीमाथि यस्तो निर्णय लिनुपरेको बताएका छन् । ‘यस सिजन क्लबको महत्वकांक्षा अनुसार खेल भएन । हामी मैदानमा फर्कन केही परिवर्तनको आवश्यकता छ । नयाँ व्यवस्थापकलाई लक्ष्य प्राप्तीका लागि चाहिने समय दिन यस्तो निर्णय आवश्यक थियो,’ डेविडले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वन्यायाधीशको निधनपछि सर्वोच्चका सबै सुनुवाइ स्थगित
-
कोशीका मुख्यमन्त्री कार्की रिट निवेदन बोकेर सर्वोच्चमा
-
यी हुन् कार्कीलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गर्ने ५२ सांसद (सूचीसहित)
-
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस
-
सामूहिक छुट्टीमा जाने २५ जना कर्मचारी बर्खास्त
-
कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीको दाबी पेश