मार्सियल र रासफोर्डको गोलमा युनाइटेड विजयी
एन्थोनी मार्सियल र मार्कुस रासफोर्डले गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा बर्नलीमाथि सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा युनाइटेडले बर्नलीलाई उसैको मैदानमा २–० गोलले हरायो । युनाइटेडले पहिलो र दोस्रो हाफमा एक एक गोल गरेको थियो ।
खेलभर घरेलु टोलीलाई दबाबमा राखेको युनाइटेडले ४४औं मिनेटमा एन्थोनी मार्सियलको गोलमा अग्रता लिएको थियो । मार्सियलले एन्ड्रियस पेरेराको पासमा गोल गरेका थिए । त्यसपछि दोस्रो हाफमो इन्जुरी समयमा मार्कुस रासफोर्डले गोल गर्दै युनाइटेडलाई सहज जित दिलाए । जितसँगै युनाइटेड पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २० खेलबाट ३१ अंक बनाएको छ । समान खेलबाट २४ अंक बनाएकको बर्नली १३औं स्थानमा छ ।
अन्य खेलमा एभर्टनले न्युक्यासल युनाइटेडलाई २–१ र वाटफोर्टले एस्टन भिल्लालार्ई ३–० गोलले हरायो । टोट्टनहाम र नर्विच सिटीले २–२ तथा क्रिस्टल प्यालेस र साउथह्याम्पटनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण