विश्वविद्यालयलाई राजनीतिक महत्वकाङ्क्षा पूरा गर्ने थलो बनाउन हुँदैन: शिक्षामन्त्री पोख्रेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल प्राध्यापक सङ्घद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा उनले विश्वविद्यालयलाई राजनीतिक महत्वकाङ्क्षा पूरा गर्ने थलो बनाउन हुँदैन ।
मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिए । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आगामी दिनमा विश्वविद्यालयलाई ज्ञान तथा अनुसन्धनात्मक थलोका रुपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गरे ।
गत कात्तिक ३० गते सङ्घको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट अध्यक्षमा प्राडा बुद्धबहादुर थापा क्षेत्री, उपाध्यक्ष डा रमेशकुमार जोशी, महासचिव नरेन्द्रप्रसाद शिवाकोटी, सचिव वैकुण्ठप्रसाद खनाल र कोषाध्यक्षमा देवराज अवस्थी निर्वाचित भएका थिए ।
त्यसैगरी सदस्यमा डा.उदयकिशोर तिवारी, गणेश पाण्डेय, डिल्लीप्रसाद पाण्डेय, तोरणदीप धिताल, नेत्रप्रसाद न्यौपाने, भूमा शर्मा पाण्डे, भोजराज शर्मा, राजकुमार सुवेदी, शेरबाहदुर गुरुङ, पर्शुराम कोइराला, प्रा डा जगतबहादुर सिंह, प्रा.डा राजनारायण यादवलगायत सदस्यमा निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण