‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छनोट
काठमाडौं । ‘आइसी डिजाइनर रनवे’का लागि २० मोडल छानिएका छन् । दरबारमार्ग स्थित म्याग्नम् लाउन्जमा शनिबार आयोजित अडिसनबाट यी मोडल छानिएका हुन् ।
अडिसनबाट छानिएका मोडल आगामी चैत्र ८ गते होटल हायात रिजेन्सीमा आयोजना हुने ‘आइसी डिजाइनर रनवे’ नामक फेसन सोमा र्याम्पमा प्रस्तुत हुनेछन् । भारतीय चर्चित कोरियोग्राफर अभिमन्यु सिंह तमोरले आवश्यक प्रशिक्षण् सहित उनीहरुलाई अहिलेसम्मकै फरक तरिकाले र्याम्पमा प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
‘आइससी डिजाइनर रनवे’ एक उत्कृष्ट फेसन सो हो । बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोमा २३ मोडलको सहभागीता रहने फेसन शोको म्यानेजमेनट जिम्बेवारी नेक्स्ट मोडल्स नेपालले जानकारी दिएको छ ।
३४ डिजाइनरले तयार पारेका पहिरनका आकर्षक डिजाइन सोमा र्याम्पमा प्रस्तुत हुनेछ । ‘आइसी डिजाइनर रनवे’को मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले जानकारी गराइन् ।
अडिसनमा आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारी, नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमला, कर्मसियल फोटोग्राफर राजभाई सुवाल, पुर्व मिस नेपाल उषा खड्गी, मोडल अभिनेत्री श्रृजना रेग्मी निर्णायक रहेका थिए । अडिसनमा ११२ महिला मोडलको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण