मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बाबु बन्दै अभिनेता राजबल्लभ कोइराला

सोमबार, १४ पुस २०७६, १२ : ००
सोमबार, १४ पुस २०७६

काठमाडौं । चकलेटी अभिनेताको रुपमा एक समय नेपाली फिल्म अभिनयमा दबदबा कायम गरेका अभिनेता राजबल्लभ कोइराला पिता बन्ने भएका छन् ।

उनले आइतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन् । 

उनले तस्बिरका साथ लेखका छन् ‘बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु । कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनु होला ।’

राजबल्लभले २ वर्ष अगाडि प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए । 

केही बर्ष अगाडि फिल्म ‘हाइवे टु धुम्पुस’को कामका लागि भन्दै अमेरिका पुगेका उनी अहिले पनि उतै छन् । उनी अभिनित पछिल्लो नेपाली फिल्म ‘६ एकान ६’ हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप