अमेरिकी सेनाको आक्रमणमा परी इराकमा १९ लडाकू मारिए

एजेन्सी । इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् । घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । मारिएका र घाइते भएकाहरु हशद शाबी लडाकू समूहका सदस्य रहेको जनाइएको छ । सिरियासँगको सीमा क्षेत्रमा यो घटना आइतबार भएको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।
लडाकू समूहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियारहरु लुकाईराखेको स्थानलाई लक्षित गरेर अमेरिकी सेनाले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकू शिविरमा आक्रमण गरेको जनाइएको छ ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू घाइते भएका थिए । –सिन्ह्वा/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिम जनशक्ति तयार गर्नुपर्नेमा श्रममन्त्रीको जोड
-
धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
-
जेठमा १९ फिल्म सेन्सर : विदेशीकै वर्चस्व
-
‘मिस नेपाल पिस २०२५’ का लागि आवेदन खुला
-
सेयर बजारमा २४ अंकको गिरावट, ११ अर्ब माथिको कारोबार
-
चलचित्र ‘मोहर’को ‘चाहिँदैन मोहर पर्दैन सुकी’ गीत सार्वजनिक