अमेरिकी सेनाको आक्रमणमा परी इराकमा १९ लडाकू मारिए
एजेन्सी । इराकको पश्चिमी क्षेत्रमा पर्ने अन्बार राज्यमा अमेरिकी सेनाले गरेको आक्रमणमा परी १९ भन्दा बढी मारिएका छन् । घटनामा परी अरु ३५ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् । मारिएका र घाइते भएकाहरु हशद शाबी लडाकू समूहका सदस्य रहेको जनाइएको छ । सिरियासँगको सीमा क्षेत्रमा यो घटना आइतबार भएको सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् ।
लडाकू समूहले नियन्त्रणमा लिएका क्षेत्र र हातहतियारहरु लुकाईराखेको स्थानलाई लक्षित गरेर अमेरिकी सेनाले आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । आफ्नो देशका एक ठेकेदार मारिएपछि अमेरिकी सेनाले इराक र सिरियास्थित इरानसमर्थित लडाकू शिविरमा आक्रमण गरेको जनाइएको छ ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो भने कैयौँ अमेरिकी सेना तथा इराकी अधिकारीहरू घाइते भएका थिए । –सिन्ह्वा/Photo: AP
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
-
काठमाडौँमा वर्षा रोकिएपछि खुल्यो मौसम, तस्बिरहरू
-
सिंहदरबारमा सुरु भयो मन्त्रिपरिषद् बैठक
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण