सरकारलाई सुगौली सन्धिमा प्रयोग भएको नक्सा पेश गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले सुगौली सन्धि हुँदा प्रयोग भएको नेपालको आधिकारिक नक्साको प्रतिलिपिसहित पन्ध्र दिनभित्र लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।
न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले सोमबार जारी गरेको आदेशमा सो लिखित जवाफ माग गरेको हो । आदेशमा भनिएको छ, “सरकारको कुनै निकायमा नेपालको आधिकारिक नक्सा भए त्यसको प्रमाणित प्रतिलिपि तथा सो नक्सा बनाउँदाको इतिहासिक पृष्ठभूमि उल्लेख गर्ने सन् १८१६ को सुगौली सन्धिको अनुसूचीसहितको प्रतिलिपि पेश गर्नु ।”
त्यस्तै, आदेशमा सरकारले सन् १९५५ मा संयुक्त राष्ट्रसङ्घको सदस्य हुँदा तथा अन्य अन्तर्राष्ट्रिय वा क्षेत्रीय सङ्गठनहरुको सदस्य हुँदा सार्वभौम नेपालको अस्तित्व दर्शाउने कुनै सन्धि, नक्सा वा दस्तावेज पेश गरेको भए त्यसको प्रतिलिपिसमेत पेश गर्न आदेश दिएको छ ।
आदेशमा राष्ट्रिय योजना आयोग तथा अन्य कुनै निकायमा नेपालको नक्सा सम्बन्धमा कुनै कार्य भएको भए त्यस्ता सामग्री वा नेपालको दार्चुला जिल्लास्थित लिम्पियाधुराको क्षेत्रको प्रश्न समाधान गर्ने अन्य कुनै राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा उपलब्ध सामग्रीहरु सिंहदरबारबाट झिकाई नियमानुसार पेश गर्नु भनिएको छ ।
वरिष्ठ अधिवक्ता विश्वप्रकाश भण्डारीले दायर गरेको निवेदनमा सुनुवाइ गर्दै अदालतले सो आदेश जारी गरेको हो । यसअघि अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र फणीन्द्र नेपालले दायर गरेको रिट निवेदन पनि सँगै राख्ने आदेशमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण