मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फोपी एपबाट ‘बुलबुल’ मोबाइलमै हेर्न सकिने

बिहीबार, १७ पुस २०७६, १२ : २०
बिहीबार, १७ पुस २०७६

काठमाडौं । गतवर्ष प्रदर्शनमा आएको बिनोद पौडेल निर्देशित फिल्म ‘बुलबुल’ अब आफूले चाहेको समयमा हेर्न मिल्ने भएको छ ।

नयाँ वर्ष सन् २०२० देखि फोपी एपमा फिल्म रिलिज गरिएको हो । समीक्षकबाट राम्रो प्रतिक्रिया बटुलेको फिल्म यस एपमा विश्वको प्रायजसो देशबाट आफ्नै मोबाइलमै हेर्न सकिनेछ ।  

विदेश प्रदर्शनबाट राम्रो प्रतिक्रिया समेत पाएको फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का र मुकुन भुसालको मुख्य भूमिका रहेको थियो ।  यस फिल्म अभिनयबाट खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड समेत हात पार्न सफल भइन् । 
पछिल्लो समय यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा समेत आफूलाई अब्बल सावित गर्ने प्रयासमा छ ।

नेपालमा भएका मोबाइल प्रयोगकर्ताले यसरी फिल्म हेर्दा रु ५० तिर्नु पर्नेछ । आफ्नो मोबाइलमा नेपाल टेलिकम वा एनसेलको व्यालेन्स वा खल्ती वा इसेवाबाट पनि पैसा तिर्न सकिने छ ।

यसका अलावा भारतमा पेटिएम, मलेसियामा कार्ड र अन्य देशहरुमा बैंकको कार्डबाट फिल्म खरिद गर्न सकिन्छ । पाइरेसी रोक्न र उचितरुपमा सर्जकहरुलाई आम्दानी दिलाउनुनै फोपी एपको एकमात्र उद्देश्य रहेको यस एपका संस्थापक अध्यक्ष प्रशान्तजंग कार्कीले बताए ।

नेपाली फिल्मलाई विश्वबजारमा लैजान कटिबद्ध रहेको र चाडै नै मध्य एसियाका केही देशमा एप रिलिज गर्ने जानकारी समेत आफू रहेको कार्कीले जानकारी दिए । यो एप अहिले प्ले स्टोरमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप