शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

काँग्रेसका सांसद शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता

बिहीबार, १७ पुस २०७६, २१ : २७
बिहीबार, १७ पुस २०७६

 बुटवल । नेपाली काँग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको छ  । कपिलवस्तु –३ बाट निवाचित सांसद शाहविरुद्ध राप्रपाका केन्द्रीय सदस्य तथा कलाकार श्यामकुमार मिश्राले आफ्नो ज्यान मार्ने प्रयास गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा बुधबार जाहेरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी सुनील मल्लले  आज शाहाविरुद्ध जाहेरी दर्ता भएको रातोपाटीलाई बताए । शाहविरुद्ध मुद्दा दर्ता भएको तर अदालतबाट पक्राउको अनुमति लिन बाँकी रहेको उनको भनाइ छ । सांसद शाहले गत पुस ५ गते साँझ आफूलाई घरमा बोलाएर ज्यान लिने योजना बनाएको मिश्राले यसअघि सञ्चारमाध्यमसँग दावी गरेका थिए । 

घरमा बोलाएर सांसद शाहले गेस्ट रुममा ढोका थुनेर अन्धाधुन्ध कुटपिट गरेकोे उनको आरोप छ । कुटपिटबाट आफ्नो दाँत नै हल्लिएको र मुखमा चोट लागेको श्यामको आरोप छ ।

बुटवलमा उपचार पश्चात मिश्रा अहिले घरमै रहेको बताएका छन् । गत स्थानीय तहको निर्वाचनमा राप्रपाबाट मेयरका उम्मेदवार रहेका मिश्रा दोस्रो स्थानमा आएका थिए । कृष्णनगरको मेयरमा सांसद शाहका नातेदारले मेयर जितेका छन् । 

दुई हप्ता अधिको घटनामा आज मात्र जाहेरी दिएका हुन् । सांसद शाहले यसअघि आफूलाई कुटपिट अरोप राजनीतिक लाञ्छनाका रुपमा लगाइएको  कपिबस्तुका संरचारकर्मिहरुसँग बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप