आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलमा सुन तस्करीको नयाँ तरिका : ५ दिनमा चार किलो बढी बरामद

सुन पत्ता लागाउन अस्पतालमा एक्सरे
शुक्रबार, १८ पुस २०७६, १५ : २८
शुक्रबार, १८ पुस २०७६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगातार सुन तस्करी हुने गरेको पाइएको छ । बिहीबार र शुक्रबारका दुई घटनामा मात्रै प्रहरीले ४ किलो सुन बरामद गरेको छ । 

यसअघि मंगलबार पनि प्रहरीले विमानस्थलबाटै आधा किलो सुन बरामद गरेको थियो । सुन तस्करीमा संलग्न तीन घटनामा प्रहरीले पाँच भरियालाई पक्राउ समेत गरेको छ । 

प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको थियो भने बिहीबार २ किलो सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो । 

यस्तै शुक्रबार दिउँसो २ केजी २०० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरत सुरेनलाल र नविन गोपीचन्द रहेका छन् । 

सुन तस्करीमा संलग्न भारतीय नागरिक बढी संलग्न हुने गरेको पाइएको छ । शुक्रबार पक्राउ परेका भारतीयहरुले मलद्वारमा लुकाएर ल्याएको सुन चेकजाँचको क्रममा बरामद भएको विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राम कृपाल साहले रातोपाटीलाई जानकारी दिए । 

एसएसपी साहले भने, ‘यूएईबाट आएका उनीहरुले तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी सुन ल्याएको रहेछ । लुकाएर ल्याएको सुन पत्ता लगाउन केएमसी अस्पतालमा लगेर परीक्षण नै गर्नुपरेको थियो ।’

महानगरीय अपराध महाशाखा, विमानस्थल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरुको साथबाट सुन बरामद गरेको हो ।

अस्पतालमा उनीहरुको एक्सरे समेत गरिएको थियो । उनीहरुले मलद्वारमा लुकाएर ११ सय ग्राम, ११ सय ग्राम गरेर सुन नेपाल ल्याएका हुन् । 

भरत सुरेनलाल भारतस्थित पुनेका हुन् भने नविन मुम्बईका हुन् । भरतको यू१७९७०८४ पासपोर्ट नम्बर हो भने यू१६२२९५८ पासपोर्ट नम्बर नविन गोपिचनको हो ।

यो घटनासँगै विमानस्थलबाट नयाँ ढंगबाट सुन तस्करी भइरहेको खुल्न आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप