विमानस्थलमा सुन तस्करीको नयाँ तरिका : ५ दिनमा चार किलो बढी बरामद
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगातार सुन तस्करी हुने गरेको पाइएको छ । बिहीबार र शुक्रबारका दुई घटनामा मात्रै प्रहरीले ४ किलो सुन बरामद गरेको छ ।
यसअघि मंगलबार पनि प्रहरीले विमानस्थलबाटै आधा किलो सुन बरामद गरेको थियो । सुन तस्करीमा संलग्न तीन घटनामा प्रहरीले पाँच भरियालाई पक्राउ समेत गरेको छ ।
प्रहरीले मंगलबार एकजनालाई पक्राउ गरेको थियो भने बिहीबार २ किलो सुनसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो ।
यस्तै शुक्रबार दिउँसो २ केजी २०० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरत सुरेनलाल र नविन गोपीचन्द रहेका छन् ।
सुन तस्करीमा संलग्न भारतीय नागरिक बढी संलग्न हुने गरेको पाइएको छ । शुक्रबार पक्राउ परेका भारतीयहरुले मलद्वारमा लुकाएर ल्याएको सुन चेकजाँचको क्रममा बरामद भएको विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) राम कृपाल साहले रातोपाटीलाई जानकारी दिए ।
एसएसपी साहले भने, ‘यूएईबाट आएका उनीहरुले तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी सुन ल्याएको रहेछ । लुकाएर ल्याएको सुन पत्ता लगाउन केएमसी अस्पतालमा लगेर परीक्षण नै गर्नुपरेको थियो ।’
महानगरीय अपराध महाशाखा, विमानस्थल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले उनीहरुको साथबाट सुन बरामद गरेको हो ।
अस्पतालमा उनीहरुको एक्सरे समेत गरिएको थियो । उनीहरुले मलद्वारमा लुकाएर ११ सय ग्राम, ११ सय ग्राम गरेर सुन नेपाल ल्याएका हुन् ।
भरत सुरेनलाल भारतस्थित पुनेका हुन् भने नविन मुम्बईका हुन् । भरतको यू१७९७०८४ पासपोर्ट नम्बर हो भने यू१६२२९५८ पासपोर्ट नम्बर नविन गोपिचनको हो ।
यो घटनासँगै विमानस्थलबाट नयाँ ढंगबाट सुन तस्करी भइरहेको खुल्न आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण