चीन, रूस र सिरियाद्वारा इरानी जनरल मारिने गरी भएको आक्रमणको निन्दा
एजेन्सी । चीन, रूस र सिरियाले शुक्रबार अमेरिकाले इरानी विशेष सुरक्षा फौज कुद्सका प्रमुख जनरल कासिम सुलेमानीको मृत्यु हुनेगरी शुक्रबार इराकमा गरेको हवाई आक्रमणको आलोचना गरेका छन् भने यूरोपेली संघले थप हिंसा भड्किन नदिन संवेदनशिल बन्न आग्रह गरेको छ ।
अमेरिकाले बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै इराकी जनरल सुलेमानीलाई लक्षित गरेर हवाई आक्रमण गरेको थियो । घटनामा सुलेमानीसहित छ व्यक्तिको मृत्यु भएको छ । मृत्यु भएका अन्य व्यक्तिबारे प्रष्ट जानकारी आउन सकेको छैन तर उक्त घटनामा इराकी विद्रोही नेता अबु महदी अल–मुमान्दीस पनि मारिएको इरानी एक टेलिभिजनले बताएको छ ।
अमेरिकाले सुलेमानीलाई ‘आतङ्ककारी’ समूहको नाइकेका रूपमा परिभाषित गरेको थियो । सुलेमानीविरूद्धको आक्रमणका लागि अमेरिकी राष्ट्रपतिले निर्देशन दिएको बताइएको छ ।
‘अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको’ चीनको विदेशमन्त्रालयका प्रवक्ता कङ सुवाङले सञ्चारकर्मीसँगको कुराकानीमा बताए ।
‘हामीले यस घटनालाई निरन्तर हेरिरहेका छौँ । चीनले ‘अन्तर्राष्ट्रिय सम्बन्धमा सैनिक बलको प्रयोगलाई निरन्तर विरोध गर्दै आएको छ’ ।
त्यसैगरी अमेरिकी उक्त आक्रमणलाई रूसले ‘गैरजिम्मेवारपूर्ण कदम’ भन्दै यसले मध्यपूर्वमा तनाव बढाएको जनाएको छ । मस्कोले इरानी जनरलको मृत्युलाई लिएर इरानी जनताप्रति सहानुभूति व्यक्त गरेको छ ।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँग गरेको फोनवार्तामा भनेको कुरालाई उद्धृत गर्दै रूसी समाचार स्पुटनिकले लेखेको छ, ‘हामीले वग्दादमा अमेरिकी हवाई आक्रमणमा भएको सुलेमानीको मृत्युले मध्यपूर्वमा तनाव थप बढाउने देखेका छौँ । सुलेमानीले इरानको राष्ट्रियताका बिषयलाई संरक्षण गर्न विशेष भूमिका निर्वाह गर्नुभएको थियो ।’
सिरियाले पनि सुलेमानीविरूद्धको कारबाहीलाई ‘अमेरिकी आपराधिक आवेग’ बताएको छ ।
यूरोपेली परिषद् प्रमुख चाल्र्स मिसेलले इराकमा अमेरिकाले इरानी जनरलको मृत्यु हुने गरी गरेको आक्रमणपछि थप द्वन्द्व चर्किने भन्दै गम्भीर चासो व्यक्त गरेका छन् ।
उनले भने, ‘इराकमा विगत केही हप्तादेखि भएका हिंसात्मक तथा उत्तेजनात्मक गतिविधि र प्रतिकारका घटनालाई रोक्नुपर्छ । आगामी दिनमा कुनै पनि द्वन्द्वका घटनालाई अन्त्य गर्नुपर्छ ।’
त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोँले सुलेमानीको मृत्युपछि हुनसक्ने सम्भावित हिंसा र राजनीतिक तनावलाई रोक्न सबैले पहल गर्नुपर्ने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: काठमाडौँमा रेलमार्गको डीपीआरका लागि प्रस्ताव आह्वानदेखि आर्थिक विधेयकमा २० पेजको झमेलासम्म
-
सचिव कृष्णहरि पुष्कर प्रकरणमा प्रधानमन्त्रीको कटाक्ष: ‘मलाई पनि एम्बासडर बन्न मन छ’
-
सिराहा मोबाइल नष्ट प्रकरण: संयुक्त विद्यार्थी सङ्गठनद्वारा आन्दोलन घोषणा
-
शिक्षा मन्त्रीको राजीनामा माग्दै दिल्लीमा ‘कक्रोच जनता पार्टी’को ५ घण्टे प्रदर्शन
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण