बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ मा नेकपा र काँग्रेस उम्मेदवारको उम्मेदवारी दर्ता (तस्बिरसहित)

आइतबार, २० पुस २०७६, १४ : ५७
आइतबार, २० पुस २०७६

ललितपुर। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । 

आइतबार नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् ।

भुसालको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य रचना खड्का र समर्थकमा चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मी रहेका छन् । यस्तै नेकपाकै अर्का उम्मेदवार बेल्बासेका प्रतावक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र ललितपुरका प्रदेश सभा सदस्य राजकाजी महर्जनको समर्थक बसेका छन् ।

उता प्रदेश ३ मा नेपाली काँग्रेसका उम्मेद्वारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसका छलीकुमारी उपाध्याय र हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

उपाध्ययाको प्रस्तावकमा सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य निमा लामा र अर्का प्रदेश सभा सदस्य विजया श्रेष्ठ केसीको समर्थन रहेको छ । 

अर्का काँग्रेस उम्मेदवार श्रेष्ठले सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी प्रस्तावक र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको समर्थक राखेर उम्मेदवारी दर्ता गराएका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप