प्रदेश ३ मा नेकपा र काँग्रेस उम्मेदवारको उम्मेदवारी दर्ता (तस्बिरसहित)
ललितपुर। राष्ट्रिय सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काँग्रेसले प्रदेश ३ मा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
आइतबार नेकपाका तर्फबाट वेदुराम भुसाल र गंगा बेल्बासेले उम्मेदवारी दर्ता गराएका हुन् ।
भुसालको प्रस्तावकमा प्रतिनिधि सभा सदस्य रचना खड्का र समर्थकमा चन्द्रागिरी नगरपालिकाकी उपमेयर लिशा नकर्मी रहेका छन् । यस्तै नेकपाकै अर्का उम्मेदवार बेल्बासेका प्रतावक कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र ललितपुरका प्रदेश सभा सदस्य राजकाजी महर्जनको समर्थक बसेका छन् ।
उता प्रदेश ३ मा नेपाली काँग्रेसका उम्मेद्वारहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
ललितपुरको जावलाखेलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर कांग्रेसका छलीकुमारी उपाध्याय र हरिशरण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्ययाको प्रस्तावकमा सिन्धुपाल्चोकका प्रदेश सभा सदस्य निमा लामा र अर्का प्रदेश सभा सदस्य विजया श्रेष्ठ केसीको समर्थन रहेको छ ।
अर्का काँग्रेस उम्मेदवार श्रेष्ठले सुनकोशी गाउँपालिकाका प्रमुख श्रवणकुमार जिसी प्रस्तावक र इन्द्रावती गाउँपालिका प्रमुख वंशलाल तामाङको समर्थक राखेर उम्मेदवारी दर्ता गराएका हुन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण