सिन्धुलीमा स्काभेटरहरुमा आगजनी गरेको आरोपमा विप्लव समूहका नुवाकोट जिल्ला सेक्रेटरी पक्राउ
मङ्गलबार, २२ पुस २०७६, ११ : ११
काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द 'विप्लव' समूहका नुवाकोट जिल्ला सेक्रेटरी अशोक भन्ने विन्तोष सिलवाल सोमबार तार्केश्वरको पैयुटारबाट पक्राउ परेका छन् ।
२०७५ साउन ८ गते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा रोकिराखेको स्काभेटरहरुमा आगजनि गरी क्षति पुर्याएको आरोपमा सिलवाललाई प्रहरीको विशेष ब्यूरोले पक्राउ गरेको हो ।
सिलवाललगायत अन्य व्यक्तिहरुले कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी गरेका थिए ।
त्यसयता सिलवाल फरार थिए । पक्राउ परेका सिलवालमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै विशेष ब्यूरोले मोरङ केराबारी गाउँपालिका– १० बाहुनी घर भएका ४२ वर्षीय देव कुमार लिम्बुलाई पनि सोमबार पक्राउ गरेको छ ।
लिम्बुलाई हातहतियार तथा खरखजना संगठित अपराधमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण