सिड्नीमा पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्वको भ्रमण वर्षको र्याली गर्न रोक
सिड्नीका सुरक्षाकर्मीले नेपालको भ्रमण वर्ष २०२० को र्याली गर्न रोक लगाएको छ ।
साउथ एसिया डट कम डट एयूका अनुसार आयोजकले र्याली आयोजनाका लागि सम्बन्धित पक्षसँग कुनै अनुमती नलिएको जानकारी दिएको छ ।
उक्त र्याली पर्यटनमन्त्री योगेश भट्टराई, अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश राज दहाल, कन्सुल जनरल दिपक खड्का र चन्द्र योञ्जनको नेतृत्वमा उक्त र्यालीको आयोजना हुन लागेको थियो ।
एनएसडब्ल्यूको इभेन्ट प्लानिङ युनिटले आयोजकलाई विभिन्न कारणसहित उक्त र्याली आयोजनामा रोक लगाएको छ । उक्त कार्यक्रम प्रचारप्रसार र व्यापारिक लाभमा आधारित भएको र र्याली आयोजनाका लागि कानूनको पालना नगरेको उल्लेख छ ।
र्यालीमा सहभागीहरुले पैदल यात्रुलाई समस्या निम्त्याउने अनुमान गरेर पनि पुलिसले यसो गर्न रोक लगाएको बताएका छन् ।
सिड्नीका अकाउन्टेन्ट र एनआरएनएका पूर्व कोषाध्यक्ष दिल खरेललाई र्याली आयोजनाका लागि अनुमती लिन लगाइएको थियो ।

Photo: Prakash Humagain
उनले र्याली आयोजनाका लागि अनुमती नपाएको बारे आयोजकलाई जानकारी दिएको दाबी गरे । यसरी र्याली आयोजना गर्ने योजना पनि नभएको उनले बताए ।
तर मानिसहरु जम्मा भएको देखेर कसैले उक्त भीडलाई र्यालीमा रुपान्तरण गर्न खोजेको पनि उनले बताए ।
अष्ट्रेलियामा बसिरहेका पत्रकार प्रकाश हुमागाईंले नेपालका पर्यटनमन्त्री योगेश भट्टराई उपस्थित उक्त कार्यक्रममा भएको चरम लापरवाहीमाथि दुःख व्यक्त गरे ।
‘र्यालीमा सहभागीहरुलाई सुरक्षाकर्मीले रोक्दा निकै दुःख लागेको थियो । उनीहरुले आयोजकलाई लापरवाह भएको भन्दै आलोचना गरे, ’ हुमागाईंले भने ।
अष्ट्रेलियामा यतिबेला इतिहासकै गम्भीर र संघीन मोडमा छ । चार महिनादेखि लागिरहेको डढेलो अझैसम्म पनि नियन्त्रणमा आएको छैन र यस्तो अवस्थामा नेपालको पर्यटन वर्ष २०२० का प्रचारप्रसार मूलक कार्यक्रमको आयोजना गरेको भन्दै आलोचना पनि गरिरहेको छन् ।
यद्यपि, गैर आवसीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले आजको कार्यक्रम पूर्वानिर्धारित भएको र यसैका लागि पर्यटनमन्त्रीले अष्ट्रेलिया भ्रमण गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण