ओखलढुंगामा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु
मङ्गलबार, २२ पुस २०७६, १३ : ५६
ओखलढुंगा । सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा मोटरसाइकल दुर्घटना हुँदा सुनकोशी–३ कै ४५ वर्षीय शेरबहादुर मगरको निधन भएको छ । बा६५प ७४७३ नंको मोटरसाइकल सोमबार राति सडकबाट तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको र अर्का एक घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए ।
घाइते सिस्नेरीकै कुमार भनिने काशीराम थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । मोटरसाइकल सडकबाट खोल्सामा खस्दा पछाडि बसेका थापा बीचमा नै अड्किएकाले सामान्य घाइते भएका हुन् ।
बल्खुबाट सिस्नेरी घरतर्फ फर्कदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको बताइएको छ । राति दुर्घटना भए पनि बिहान मात्र स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मगरको शवपरीक्षण गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
-
राष्ट्रियसभा अध्यक्षलाई उपराष्ट्रपतिको जिम्मेवारी दिन सुझाव
-
‘निजी क्षेत्र नभएको भए देशले अझै २१ घण्टा लोडसेडिङ भोग्नुपर्थ्यो’
-
निर्वाचन आयोगमा ५ जना आयुक्त घटाएर ३ जना राख्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण