बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

यस्तो छ कान्ति बाल अस्पतालको वार्षिक प्रगति विवरण

मङ्गलबार, २२ पुस २०७६, १५ : ४०
मङ्गलबार, २२ पुस २०७६

काठमाडौं । कान्ति बाल अस्पतालले चालु आर्थिक वर्षको पुस महिनासम्म ७० हजार बालबालिकालाई ओपीडि सेवा दिएको जनाएको छ । अस्पतालको ५८ औं वार्षिकोत्सव कार्यक्रममा दिइएको जानकारीअनुसार ओपीडितर्फ ७० हजार र आकस्मिकतर्फ २७ हजार बालकालिकालाई सेवा दिइएको छ ।

अस्पतालका निर्देशक डाक्टर आर.पी. बिच्छाले गत आर्थिक वर्षमा ओपीडितर्फ १ लाख ५५ हजार र आकस्मिकतर्फ ५५ हजार बालबालिकालाई सेवा दिइएको बताए । हरेक वर्ष १० देखि १२ प्रतिशत सेवाग्राही बढेको उल्लेख गर्दै बिच्छाले गतवर्ष २ हजार बालबालिकाको शल्यक्रिया गरिएको र १० हजारले अन्तरंग सेवा लिएको बताए ।

कान्तिमा आइसियु बेडको अभावका कारण देशका विभिन्न ठाउँबाट आउने विरामीलाई अन्य पठाउनुपर्ने अवस्था अझै पनि रहेको उनले बताए । विज्ञहरुको सल्लाहअनुसार २ महिना पहिले १० बेडको इन्टरमिडियट केयर युनिट स्थापना गरिएपछि करिब ७० प्रतिशत बालकालिकालाई नीजि अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको उनले बताए । अझैपनि एकदिनमा ४÷५ जना बिरामीहरुलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता कान्तिमा रहेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रोेफेसर डा.डिएन शाहले बालरोगको क्षेत्रमा नेपालले गरेको केही विश्वस्तरिय अनुसन्धान गर्व गर्न लायक भएको बताएका छन् । कान्ति बाल अस्पतालले अहिले २४ घण्टे सिटिस्क्यान सेवा सुरु गरेको छ भने २ सिफ्टमा अल्ट्रासाउण्ड सेवा प्रदान गरिरहेको छ । अबको १ वर्षभित्र करिब ५० जना बस्न मिल्ने कुरुवा घरको स्थापना गर्ने योजना अस्पतालले बनाएको छ । त्यसका लागि डिपिआएर तयार भएर नक्सा समेत पास भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप