सुलेमानीको अन्त्येष्टिका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु
मङ्गलबार, २२ पुस २०७६, १६ : ३१
एजेन्सी । शुक्रबार अमेरिकी ड्रोन हमलामा मारिएका इरानी सैन्य कमाण्डर कासिम सुलेमानीको अन्त्येष्टीका क्रममा भागदौड मच्चिँदा ३५ जनाको मृत्यु भएको छ ।
इरानी मिडियाहरुले उक्त भागदौडमा ३५ जनाको मृत्यु भएको पुष्टी गरेका छन् ।
भागदौडमा दर्जनौ व्यक्ति घाइते भएको जनाइएको छ । इरानको केर्मान शहरमा सुलेमानीको अन्त्येष्टी गर्ने क्रममा लाखौं सर्वसाधारणको सहभागिता रहेको थियो ।

सुलेमानीको शव केर्मान लैजाने क्रममा सो घटना भएको सञ्चारमाध्यामहरुले जनाएका छन् । केर्मान सुलेमानीको गृहनगर समेत हो । त्यही उनको अन्त्येष्टी गरिँदैछ ।
अमेरिकाले कमाण्डर सुलेमानीको हत्य गरेपछि उसको चौतर्फी विरोध भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले प्रचण्डलाई भने : अहिल्यै एकता गर्दा कुरा बिग्रन्छ कि !
-
दक्षिण कोरियामा रास्वपा सांसदहरूसँग प्रवासी नेपालीको खुला संवाद
-
एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन
-
युक्रेनमा सन् २०२२ यताकै सबैभन्दा धेरै नागरिक हताहत
-
बारामा सवारी दुर्घटना बढे पनि घट्यो मृत्यु हुनेको सङ्ख्या, कारबाही र राजस्वमा पनि कमी
-
दनदनी बलिरहेको छ युरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण