अमेरिकी साम्राज्यवादविरुद्ध विश्व एकजुट हुन जरुरी छ : मोहनविक्रम
काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले अमेरिकाको साम्राज्यवादी नीतिबाट विश्वका विभिन्न देशहरूको राष्ट्रियता, सार्वभौमिकता तथा विश्व शान्तिमा नै गम्भीर आँच पुग्दै आएको टिप्पणी गरेका छन् ।
सिंहले बिहीबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी साम्राज्यवादविरुद्ध विश्वका शान्तिप्रेमी जनता एकजुट हुन जरुरी रहेको समेत बताएका छन् ।
‘अमेरिकी साम्राज्यवाद विश्वका लागि नै अत्यन्त गम्भीर खतरा बनेको छ र त्यसका विरुद्ध संसारभरका सबै राष्ट्र र शान्तिप्रेमी जनताले आवाज उठाउनु आवश्यक भएको छ र उठाउँदै गइरहेका छन् । त्यसका लागि विश्वभरका शान्तिप्रिय जनताका बीचमा व्यापक अन्तर्राष्ट्रिय ऐक्यवद्धता आवश्यक छ’, उनको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा इरानका सैनिक कमाण्डर कासिम सुलेमानीको हत्याको पनि विरोध गरिएको छ ।
अमेरिकाले अरू देशहरूको सार्वभौमिकतालाई अतिक्रमण गर्न कैयौँ प्रकारका रणनीति अपनाइरहेको दावी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘इण्डोप्यासिफिक रणनीति त्यही प्रकारको एउटा उदाहरण हो । त्यो रणनीतिको मुख्य उद्देश्य हिन्द प्रशान्त क्षेत्रका देशहरूमा आफ्नो राजनीतिक प्रभुत्व कायम गर्नु हो ।’
‘इण्डोप्यासिफिक रणनीति चीनलाई घेर्नका लागि ल्याइएको नयाँ अमेरिकी कदम हो’, विज्ञप्तिमा थप भनिएको छ, ‘अमेरिकाको चीनसितको प्रतिस्पर्धा बढ्दै गइरहेको छ र चीनलाई घेर्नको लागि नै त्यसले इण्डोप्यासिफिक रणनीतिलाई अगाडि ल्याएको छ ।’ उनले नेपालमा एमसीसी ल्याउन नहुनेमा पनि जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण