ऋतिक रोशनका जीवनमा रोचक प्रसङ्गः बिहेका लागि ३० हजार ‘प्रपोज’

बलिउड अभिनेता ऋतिक रोशन ४६ वर्ष पुगेका छन् । एसियाकै सेक्सी पुरुषको रुपमा चिनिएका रोशनले ६ वर्षकै उमेरमा अभिनयको यात्रा सुरु गरेका थिए । उनी अभिनय र नृत्य दुवैमा पोख्त छन् ।
उनको जन्म सन् १९७४ को जनवरी १० तारिखमा भएको थियो । उनको वास्तविक नाम ऋतिक राकेश नागरथ हो । पिता राकेश र नागरथ उनका हजुरबुबा हुन् । ऋतिक रोशनको परिवारको सम्बन्ध संगितसँग निकै राम्रो छ । त्यसैले ऋतिक रोशन पनि गायक नै हुन् । उनले ‘जिन्दगी ना मिलेगी दोबारा’ र ‘गुजारिश’ जस्ता फिल्महरु खेलेका छन् ।
सुजैनसँग विवाह
ऋतिकले पहिलो फिल्म ‘कहो न प्यार है’ पछि सुजैनसँग सन् २००० मा विवाह गरेका थिए । तर सम्बन्धमा आएको दरारपछि उनले विवाहको १४ वर्षपछि सन् २०१४ मा सुजैनसँग सम्बन्धविच्छेद गरे ।
विवाहका लागि ३० हजार ‘प्रपोज’
मुम्बई मिररको रिपोर्टमा उल्लेख भएअनुसार ऋतिकलाई विवाहका लागि ३० हजार प्रस्ताव आएको थियो । तर उनले सबैबाट सुजैनसँग विवाह गरे ।
‘चेन स्मोकर’
कुनै एक समय ऋतिक रोशन चेन स्मोकर थिए । तर उनले ‘ईजी वे टू स्टप स्मोकिङ’ नामक किताब पढेपछि चुरोट पिउन छाडेका थिए ।
‘कहो ना प्यार है’ बाट फिल्म क्षेत्रमा आएका ऋतिकको अभिनयले धेरै दर्शकलाई लोभ्याउन सफल भएको छ । उनले पहिलो फिल्मपछि सबै हिट फिल्म दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका अध्ययनमा जाने विद्यार्थी भिसाको अन्तर्वार्ता अस्थायी रूपमा बन्द
-
सगरमाथाको काखबाट फर्किएपछि प्रधानमन्त्रीलाई विश्वप्रकाशको दोस्रो पत्र– बजेटमा हिमाल देख्न पाइयोस्
-
तिरुपती उडप्यानल इन्डष्ट्रीमा आगलागी
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
पर्यटकले गुलजार अन्नपूर्ण आधार शिविर (फोटो फिचर)