पृथ्वी जयन्तीमा दिइएन सार्वजनिक बिदा
काठमाडौँ । नेपाल एकीकरणका नायक पृथ्वीनरायण शाहको सम्झनामा आइतबार देशैभर २९८ औं पृथ्वी जयन्ती मनाइदै छ ।
वि.सं. १९७९ पुस २७ गते गोरखाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रुपमा जन्मिएका शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपालको निर्माण गरेका थिए ।
भौगोलिक रुपमा छरिएर रहेका बाइसे–चौबीसे राज्यहरुलाई एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माता पनि भन्ने गरिन्छ । राष्ट्र निर्माता शाहको २९८ औं जन्मजयन्तीका अवसरमा आइतबार मुलकुभर विभन्नि कार्यक्रम गरी पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै छ ।
राजधानी काठमाडौंमा पनि विभिन्न कार्यक्रम गरी एकता दिवस एवं पृथ्वी जयन्ती मनाइएको छ । पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक विदा दिने गरेपनि केही वर्षयता विदा कटौती गरेको छ । तर नागरिक स्तरबाट भने हरेक वर्ष पुष २७ गते पृथ्वी जयन्ती मनाइँदै आएको छ । त्यस्तै नेपाली सेनाले पृथ्वीनरायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा पनि सिंहदरबार अगाडि आएर समापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण