भ्रमण वर्ष २०२० लाई लक्षित गरी घुम्न जाऔँ सुदूरपश्चिम गीत लोकापर्ण
काठमाडौँ । भ्रमण वर्ष २०२० लक्षित घुम्न जाऔँ सुदूरपश्चिम बोलको गीतको आइतबार धनगढीमा लोकार्पण गरिएको छ ।
दार्चुलाका पत्रकार एवं गायक कृष्ण धामीले रचना गरेको सो गीतको सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले लोकार्पण गरेकी हुन् । गीतमा सुदूरपश्चिम प्रदेशका धार्मिक तथा सांस्कृतिक पर्यटकीय गन्व्यहरुको व्याख्या गरिएको छ ।
सो क्रममा पर्यटन मन्त्री भट्टले गीतले सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन् । उनले भ्रमण वर्ष २०२० लाई लक्षित गरी लोकार्पण गरिएको गीत सुनेर सुदूरपश्चिम प्रदेशमा आन्तरिक पर्यटक भित्रिनमा टेवा पुग्ने बताइन् । उनले यो अडियो गीतलाई भिजिवलाइजेशन गर्नुपर्ने बताइन् ।
सुदूरपश्चिमका ९ वटै जिल्लामा रहेको पर्यटकीय क्षेत्रलाई समेटने गरी गीत सिर्जना गरेको गीतका सर्जक धामीले बताए । आफ्नै लगानीमा तयार गरी अडियो गीत सार्वजनिक गरेको उनले बताए । उनले यो गीतलाई विभिन्न भाषाहरुमा समेत बनाउने लक्ष रहेको बताए ।
९ मिनेट १५ सेकेण्डको उक्त गीतको लय, शब्द धामीले नै सिर्जना गरेका हुन भने आवाज पनि धामी र पुर्णकला विसीको छ । यो गीत सार्वजनिक भईसकेका कारण अन्यले पनि डोटेली तथा थारु भाषामा समेत गाउन सक्ने धामीको भनाइ छ । घुम्न जाऔँ सुदूरपश्चिम वोलको गित सार्वजनिक गरेका धामीले यसअघी दुईवटा गीत बजार ल्याइसकेको बताए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशकी उप–सभामुख निर्मला वडाल जोशी र प्रदेशसभा सदस्य पुर्णा जोशी, दुर्गा विक, देवकी मल्ल लगायतकाको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
-
परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
-
१२ बजे १२ समाचार: साउदीको सीप परीक्षणमा विवाद, दिपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा
-
पहिलो हाफको अन्तिम समयमा गोल गर्दै कंगो खेलमा फर्कियो
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण