युक्रेनी विमान दुर्घटनाः श्रद्धाञ्जलीसभामा सहभागी भएको भन्दै बेलायती राजदूत पक्राउ
एजेन्सी । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ ।
कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा लिई आवश्यक सोधपुछ गरेको पुष्टि गरेको छ । राजदूतलाई करिब तीन घण्टापछि छोडिएको थियो ।
गत हप्ता तेहरानमा ‘दुर्घटनाग्रस्त’ यूक्रेनी विमानलाई ‘भूलवश’ खसालिएको इरानी अधिकारीहरूले स्वीकार गरिसकेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनपछि इरानका लागि बेलायती राजदूतलाई पक्राउ गरिएको हो ।
राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको घटनालाई बेलायतले ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ भनेको छ । राजदूत मकेयर कार्यक्रम सकेर दूतावास फर्किने क्रममा कपाल काट्न एउटा सैलुनमा रोकिएका समय इरानी अधिकारीले उहाँलाई पक्राउ गरेका बताइएको छ ।
यसैबीच, बेलायतको विदेशमन्त्री डोमिनिक राबले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु ‘अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन’ हो ।’
तेहरानबाट सुरक्षाकर्मीले एक विदेशी केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उनी इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय पनि एक विज्ञप्तिमार्फत बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँलाई पक्राउ गरिएको थिएन तर गैर–कानूनीरूपमा गरिएको भेलामा ‘अपरिचित विदेशी’ देखिएपछि पक्राउ गरी सोधपुछ गरिएको थियो । उहाँको परिचय खुलेपछि प्रहरीले उहाँलाई करिब १५ मिनेटपछि रिहा गरेको थियो ।’ Photo: foxnews
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण