आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

दाङका सडक डिभिजन प्रमुखलाई विप्लव समूहले कालोमोसो दल्यो

आइतबार, २७ पुस २०७६, १९ : ४६
आइतबार, २७ पुस २०७६

दाङ । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दलेका हुन् ।

चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पुष्टि गरेका छन् । प्रजिअ रिजालका अनुसार केहीबेर अघि चौधरीलाई कालोमोसो दलिएको हो ।
उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

चौधरीको यहाँबाट सरुवा भएपनि उनी सरुवा भएको ठाउँमा जान समेत अटेर गर्दै आएका छन् । उनको ठाउँमा निरज शाक्यलाई खटाइएको छ । घटनास्थलबाट प्रहरीले विप्लव समूहको ब्यानर र साङ्लो बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप