दाङका सडक डिभिजन प्रमुखलाई विप्लव समूहले कालोमोसो दल्यो
आइतबार, २७ पुस २०७६, १९ : ४६
दाङ । सडक डिभिजन कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको छ । सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै आइतबार कार्यकक्षमै गएर विप्लव समूहका कार्यकर्ताले कार्यालय प्रमुख चौधरीलाई कालोमोसो दलेका हुन् ।
चौधरीलाई विप्लव समूहले कालोमोसो दलेको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले पुष्टि गरेका छन् । प्रजिअ रिजालका अनुसार केहीबेर अघि चौधरीलाई कालोमोसो दलिएको हो ।
उक्त घटनामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।
चौधरीको यहाँबाट सरुवा भएपनि उनी सरुवा भएको ठाउँमा जान समेत अटेर गर्दै आएका छन् । उनको ठाउँमा निरज शाक्यलाई खटाइएको छ । घटनास्थलबाट प्रहरीले विप्लव समूहको ब्यानर र साङ्लो बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण