इरानमा पक्राउ परेका बेलायतका राजदूतको यस्तो प्रतिक्रिया
एजेन्सी । इरानका लागि बेलायती राजदूतले आइतबार तेहरानमा यूक्रेनी विमानमा मृत्यु भएका आफन्तहरूको प्रदर्शनमा आफू सहभागी नभएको बताएका छन् ।
एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको भएपनि ‘भुलवश’ युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको शनिबार इरानी राष्ट्रपति हसन रौहानीले स्वीकारेका थिए ।
विमान दुर्घटनामा ज्यान गुमाउनेमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए । त्यस्तै स्वीडेन, बेलायत, अफगानिस्तान र जर्मनीका यात्रु पनि विमानमा यात्रारत थिए ।
इरानी सञ्चारमाध्यमले जनाएअनुसार तेहरानको अमिर कबिर विश्वविद्यालयमा शनिबार विद्यार्थीहरूले विमानमा ज्यान गुमाउनेहरूको सम्झनामा एक कार्यक्रम गरेका थिए । तर उक्त कार्यक्रमका सहभागी पछि प्रदर्शनमा सहभागी भएको बताइएको छ ।
मकेयरले ट्वीटमार्फत् जारी सन्देशमा भनिएको छ, ‘मैले प्रदर्शनमा भाग नलिएको कुरा पुष्टि गर्न चाहन्छु । तेहरानमा गत बुधबार यूक्रेनी विमानको पीएस ७५२ नम्बरको उडानका मृतकको सम्झनामा भएको कार्यक्रममा सहभागी भएको र मलाई फर्किने क्रममा करिब आधा घण्टासम्म नियन्त्रणमा लिइएको हो ।’
उनले भने, ‘मृतक केही बेलायती नागरिकसमेत भएकाले सम्मानमा सहभागी हुनु सामान्य हो तर करिब पाँच मिनेटमा केही सहभागीले नारा लगाउन सुरू गरेपछि म बाहिरिएको थिएँ । कूटनीतिज्ञलाई पक्राउ गर्नु सबै मुलुकमा पक्कै पनि गैर–कानूनी हो ।’
इरानको मेहर न्यूज एजेन्सीले बेलायती कूटनीतिज्ञ रब मकेयरलाई ‘हिंसा भड्काउने शङ्कास्पद गतिविधि’ गरेको आरोपमा नियन्त्रणमा लिई सोधपुछ पछि छोडिएको बताएको छ । तेहरानबाट सुरक्षाकर्मीले एक विदेशीलाई केहीबेर सुरक्षा नियन्त्रणमा लिएको तर सोधपुछका क्रममा उनी इरानका लागि बेलायती राजदूत भएको थाहा भएपछि तत्काल रिहा गरिएको इरानको विदेश मन्त्रालय जानकारी गराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण