अगुएरोको कीर्तिमानमा सिटीको गोल वर्षा
सर्जियो अगुएरोले १२ औँ ह्याट्रिक पुरा गर्दै प्रिमियर लिगको इतिहासमा सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बन्दा म्यान्चेस्टर सिटीले एस्टन भिल्लालाई ६–१ गोलको विशाल अन्तरले पराजित गरेको छ ।
एगुएरोले थिएरी हेनरीको १ सय ७५ गोलको कोशेढुङ्गा उछिन्दै नयाँ किर्तिमान बनाएका हुन् । अगुएरोले लिगमा २५५ खेलमा १ सय ७७ गोल गरेका छन् । उनले फ्राङ्क लाम्पार्डको गोल सङ्ख्यालाई पनि बराबरी गरेका छन् ।
अब उनीभन्दा अघि एलन सिएरर, वेयन रुनी र एन्डी कोल रहेका छन् । सिएररले प्रिमियर लिगमा सर्वाधिक २ सय ६० गोल गरेका छन् ।
यता, अगुएरोको ह्याट्रिकको सङ्ख्या भने लिगमा कीर्तिमान हो ।
सिटीको जीतमा अगुएरोबाहेक रियाद महारेजले दुई तथा ग्याब्रियल जिसुसले एक गोल गरे । भिल्लाले इन्जुरी समयमा पेनाल्टीबाट सान्तवना गोल फर्काएने अवसर पायो ।
जीतसँगै सिटी लिगको दोस्रो स्थानमा उक्लेको छ । यद्यपि, एक खेल कम खेलेको लिभरपुलभन्दा सिटी अझै १४ अंकले पछि रहेको छ ।
एगुएरो सन् २०११ मा ४ करोड पाउण्डमा स्पेनको एथ्लेटिको म्याड्रिडबाट सिटी भित्रिएका थिए । ३१ वर्षीय अर्जेन्टिनी खेलाडी क्लबका लागि सर्वाधिक गोलकर्ता हुन् । सबै प्रतियोगितामा क्लबका लागि २५० गोल पूरा गर्न उनलाई अब एक गोलमात्र चाहिएको छ ।
आइतबार भएको अन्य खेलमा वार्टफर्डले बोर्नेमाउथलाई ३–० ले हरायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण