अब एउटा नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा १० पैसा मात्रै
मङ्गलबार, २९ पुस २०७६, ०७ : १७
२
नेपाल दूरसञ्चार प्राधिकरणले एक नेटवर्कबाट अर्को नेटवर्कमा कल गर्दा लाग्ने शुल्क घटाउनुपर्ने गरी निर्दे्शिका जारी गरेपछि चैतबाट शुल्क घट्ने भएको छ ।
गत भदौमा ल्याइएको निर्दे्शिकालाई हालै संशोधन गर्दै प्राधिकरणले दूरसञ्चार सेवा प्रदायकलाई तीन महिनाभित्र नयाँ व्यापारिक योजना बनाउन निर्देशन दिएको हो ।
अन्तरआबद्धता निदेर्शिकाअनुसार उपभोक्ताले टेलिफोन गर्दा एकले अर्काको मोबाइल नेटवर्क प्रयोग गरेबापत प्रतिमिनेट १० पैसाभन्दा बढी शुल्क लिन नपाइने भएको छ ।
अहिले सेवा प्रदायकले अन्तरआबद्धता प्रतिमिनेट शुल्क ५४ पैसा लिँदै आएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार संशोधित नयाँ निर्दे्शिकाले उपभोक्तालाई सिधै फाइदा पुग्ने गरी ल्याइएको छ । यो समाचार आजको राजधानी दैनिकमा पूर्णभक्त दुवालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
-
‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’
-
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा शाह
-
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
-
विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
-
बागमती विश्वविद्यालयको संरक्षक समितिमा दुई सदस्य नियुक्त