‘द भ्वाइस अफ नेपाल’ प्रतियोगिताका लागि ४ देशमा संगीतिक टुर
काठमाडौं । रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ का विजेता शिशिर फागु (राम लिम्बु), सनिष श्रेष्ठ, अनु रानामगर, यन्की यल्मोले ४ देशमा प्रस्तुति दिने भएका छन् । नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रर्वद्धधन अभियान ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई विश्वव्यापी रुपमा प्रचार गर्ने उद्देश्यले उनीहरुले मार्च ६, २०२० देखि बेलायत, युरोप, क्यानडा र इजरायलमा गर्न लागेका हुन् ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्बेलनमा म्यूजिकल टुरका आयोजक इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट कम्पनी ब्लु वर्डले कार्यक्रमको विभिन्न पक्षबारे जानकारी दियो । कार्यक्रममा मार्च ३ देखि २३ सम्म बेलायत, मार्च २७ देखि अप्रिल १९ सम्म युरोप, जुनको तेस्रो साता क्यानडा र अप्रिलको तेस्रो साता इजरायल सांगीतिक कार्यक्रम हुने ब्लु वर्डका अध्यक्ष रोशन पराजुलीले बताए । उनका अनुसार बेलायतको ९ वटा शहरमा सांगीतिक कार्यक्रम हुनेछ भने युरोपको विभिन्न शहरमा हुनेछ । त्यस्तै क्यानडामा ४ वटा र इजराइलमा कार्यक्रम हुनेछ ।
सबै देशका कार्यक्रमबाट उठेको रकमको केही प्रतिशत चाबहिलस्थित स्नेहा आश्रमलाई दिने बताइएको छ । कार्यक्रममा द भ्वाइस प्रतियोगी सनिष, अनु र यन्कीले टुरलाई लिएर आफुहरु उत्साहित रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण