सीमा बचाउन अभियान नेपालद्वारा सुस्तासहितको नेपालको नक्सा सार्वजनिक (भिडियो सहित)
काठमाडौँ । सीमा बचाउन अभियान नेपालले सुस्तासहितको नेपालको नक्सा सार्वजनिक गरेको छ । केही दिनअघि कालापानी र लिम्पियाधुरासहितको नक्सा सार्वजनिक गरेको अभियानले मंगलबार सीमा सहितको नक्सा सार्वजनिक गरेको हो ।
रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरी नक्सा सार्वजनिक गरेछि अभियानले सरकारलाई आधिकारी नक्सा सार्जजनिक गर्न माग समेत गरेको छ । अभियानका संयोजक भैरव रिसालले सरकारसँग नक्सा जारी गर्न माग गरे । वर्तमान सरकारले आफ्नै देशको भूभाग समेटेर नक्सा सार्जजनिक गर्न अलमल गरिरहेको भन्दै उनले सरकारको आलोचना समेत गरे ।
पूर्व सचिव द्वारिका ढुंगेलले नागरिक स्तरबाट जारी गरेको नक्सा सरकारका मन्त्रीहरुसामु प्रस्तुत गरेर सार्वजकि गर्न माग गरिएको बताए ।
प्रा.डा नरेन्द्र खनालले भारतले मेची क्षेत्रको सीमा विवादमा भारतले मानेको उल्लेख गर्दै पश्चिममा महाकाली क्षेत्रको सीमा विवाद र सुस्ताको विषय अझै समाधान नभएको बताए ।
वरिष्ठ जलविज्ञ डा. जगतकुमार भुषालले देशको भूमी एक इन्चपनि अतिक्रमित हुन नहुने भन्दै कालापानी, लिम्पियाधुरा क्षेत्रका अलावा सुस्ताको अतिक्रमित भूभागसहितको नक्शा सरकारले जारी गर्नुपर्ने माग गरे ।
अभियानको नक्शा समितिका सदस्य कमल बरालले तत्काल सरकारले कालापानी, लिम्पियाधुरा र सुस्तासहितको नक्शा सार्वजनिक गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण