लिखित प्रतिबद्धतापछि १५ दिनदेखि जारी धर्ना स्थगित
मङ्गलबार, २९ पुस २०७६, २१ : ३२
सप्तरी । प्रमुख प्रशासकीय अधिकृत तथा वडाध्यक्षले माघ १० भित्र माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकामा १५ दिनदेखि जारी धर्ना आज साँझदेखि स्थगन भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुन्दनकुमार कर्ण र सम्पूर्ण वडाध्यक्षहरुले आन्दोलनरत पक्षले उठाएको १४ बूँदे माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि धर्ना स्थगन गरिएको नेकपा छिन्नमस्ता गाउँपालिका सङ्घर्ष समितिका संयोजक विनोद यादवले जानकारी दिए ।
गाउँ परिषद् बैठक अविलम्ब बस्नुपर्ने, सामाजिक सुरक्षा भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, उपभोक्ता समितिद्वारा सम्पन्न भइसकेका कामको भुक्तानी गर्नुपर्ने तथा गाउँपालिकामा भएको अनियमितताको छानबिन हुनुपर्नेलगायत माग सङ्घर्ष समितिले राखेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण