रेखाको फिल्ममा दयाहाङ र सौगात
काठमाडौं । केही समय फिल्म निर्माणमा सुस्ताएकी अभिनेत्री रेखा थापा नयाँ फिल्म निर्माणमा जुटेकी छन् । अभिनेताद्वय सौगात मल्ल र दयाहाङ राई लिएर उनले नयाँ फिल्म निर्माण गर्न लागेकी हुन् ।
माघे संक्रान्तिको अवसर पारेर रेखाले सौगात मल्ल र दयाहाङ राईसँग नयाँ फिल्मका लागि टिमअप भएको खुलाएकी हुन् ।
रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्ममा सविर श्रेष्ठको निर्देशन रहनेछ । बैशाखबाट फ्लोरमा जाने फिल्मको नाम भने जुर्न बाँकी छ ।
यसअघि रेखाले रेनशा वान्तवा राई निर्देशन लिएर नयाँ फिल्म घोषणा गरेकी थिइन् । तर, रेनशा आफ्नो होम प्रोडक्सनको फिल्म ‘आइ एम ट्वान्टिवान’मा व्यस्त रहेकोले त्यो अगाडि बढ्न सकेन । त्यसैले उनले यो फिल्म निर्माण अगाडि बढाउन लागेकी हुन् । केही पहिले ‘मालिका’ फिल्म बनाएकी सौगात र दयाहाङसँग गर्न लागेको फिल्म पनि नारी प्रधान हुने बताइन् ।
रेखाको नयाज् फिल्मको कथा जगदिश्वर थापाले लेखिरहेका छन् । फिल्मको लाइनअप बलियो बनाउन रेखाले सौगात र दयाहाङ लिन लागेका हुन् । कथावस्तुले नै दयाहाङ र सौगात मागेको रेअखाको भनाई रहेको छ ।
यस अगाडि रेखाले दयाहाङसँग फिल्म ‘नीरफूल’मा काम गरेकी छन् । दयाहाङ र सौगातले भने रेखाको फिल्म खेल्ने बिषयमा आधिकारीक धारणा सार्वजनिक गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण