अन्नपूर्ण बेसक्याम्प अत्याधिक हिमपात: ४ जना कोरियाली नागरिक सम्पर्कबिहीन
पोखरा । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका ४ जना कोरियाली सम्पर्क बाहिर गएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बेसक्याम्प घुम्न गएका ९ जना कोरियाली नागरिकको टिममध्ये ५ जनालाई जिवितै उद्दार गरिएको छ ।
अत्यधिक हिमपातका कारण बाँकी ४ जना हराएको हुन सक्ने प्रहरी अनुमान छ । ट्राभल नेट भन्ने संस्थाबाट पाएको जानकारी अनुसार बेसक्याम्पमा गएका ९ कोरियाली नागरिक मध्ये ४ जना सम्पर्क बाहिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिए । ‘मोबाइलमा चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनुपर्छ,’ उनले भने, ‘हामीलाई प्राप्त सूचनाअनुसार बेसक्याम्प घुम्न गएका ९ जनामध्ये ५ जनाको उद्दार भइसकेको छ ।’
चिसोका कारण उद्दार हुन कठिनाई परेको उनको भनाई छ । कोरियाली ९ सहित नेपाली नागरिक पनि उक्त टिम सहभागी हुन सक्ने उनको अनुमान छ । थप विवरण आउन भने बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण