जहाँ पाइन्छ १० रुपैयाँमै खाना !
बाँके । रु १० मा खाना ! त्यो पनि आजको महँगो समयमा ? असम्भव लाग्ने काम सम्भव गराएका छन्, नेपालगञ्ज सदरलाइनका नरेश अग्रवालले । बालाजीका भक्त अग्रवालले व्यवसायबाट ‘रिटायर्ड’ पछि गत कात्तिकदेखि रु १० मै खाना दिने पुण्य काम गर्दै आएका छन् ।
सदरलाइनस्थित नगर भवनअगाडि मङ्गलबार र शनिबार ‘मेस’ चलाएर रु १० मै एक छाक खाना बाँड्ने गरिएको छ । पाँच सयसम्म सर्वसाधारण खाना खान पुग्छन् । “आफूले कमाएको पैसा महँगो खानाको जोहो गर्नै मुस्किल पर्नेलाई राहत त दिएको छ नै, खानाकोे गुणस्तरमा कुनै सम्झौता नगर्ने भएका कारण अरू पनि खाना खान पुग्छन्, खानामा भात, दालका साथै मिठाई पनि दिइन्छ”, उनले भने ।
उनन्सत्तरी वर्षीय अग्रवाल नेपालगञ्जका परिचित व्यवसायी हुन् । उनले २०५० सालदेखि रामदूत स्टेशनरी सञ्चालन गर्दै आएका थिए । लामो समयसम्म व्यवसायमा संलग्न रहेका अग्रवालले यतिबेला भने ‘रिटायर्ड’ जीवन बिताइहेका छन् । “छोराहरु व्यवसायमै छन्, म पुण्यको कामतिर लाग्छु भनेर यो काम शुरु गरेको हुँ”, अग्रवालले भने । उनका जेठा छोरा आदेशले रामदूत प्रिन्टर्स सञ्चालन गरिरहेका छन् ।
दुई दशकभन्दा बढी समय सङ्घमा रहेका आदेश अहिले कोषाध्यक्ष छन् भने आगामी माघ ११ गते हुने उद्योग वाणिज्य सङ्घको निर्वाचनमा उद्योगतर्फ उपाध्यक्ष उम्मेदवार बनेका छन्। त्यस्तै कान्छा छोरा निखिल पनि व्यवसायमा छन् । उनलाई नेपालगञ्जका अरू प्रतिष्ठित व्यवसायीले पनि साथ दिएका छन् ।
उनले शुरु गरेको काममा नेपालगञ्जका प्रतिष्ठित व्यवसायी सञ्जय अग्रवाल, विजय गुप्ता, रञ्जीत लखेर, सञ्जीत ज्वेलर्सका साथ रहेको छ । अग्रवालले सबैको साथ र सहयोग पाए आगामी दिनमा यसलाई अझै विस्तार गर्दै लैजाने योजना रहेकाे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण