फिल्म निर्देशन सजिलो रहेनछः पौडेल
काठमाडौं । हास्य कलाकार शिवहरी पौडेलले फिल्म निर्देशन निकै गाह्रो विषय रहेको बताएका छन् । ‘फिल्म निर्देशन गाह्रो विषय रहछे’ शिवहरीले भने ‘कलाकार हुँदा आफ्नो सिन सकेपछि पुग्थ्योे । तर निर्देशकले सबैतिर ध्यान दिनपर्दाे रहेछ ।’
केही दिन अगाडि फिल्म ‘लक्का जवान’को शीर्ष गीत सार्वजनिक कार्यक्रममा शिवहरीले निर्देशक बन्दाको अनुभव समेत सबैमाझ सुनाएका थिए ।
‘लक्का जवान’ चैत्र २१ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । यसै फिल्म मार्फत शिवहरीले निर्देशन डेब्यु गरेका हुन् । सानोपर्दाको टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’, विज्ञापन चलचित्र तथा छोटा चलचित्र निर्देशन गरिसकेका पौडेललको ठूलो पर्दाका चलचित्र निर्देशन पहिलो हो । सानोपर्दाको निर्देशन अनुभव ठूलो पर्दामा पनि काम लागेको पौडेलले कार्यक्रममा सुनाए । ‘मलाई सबैले कलाकारले राम्रो सहयोग गर्नुभयो,’ पौडेलले थपे ‘सबैलाई धन्यवाद ।’
निर्माता समेत रहेका पौडेलललाई फिल्म निर्माणमा कलाकार किरण केसी र दीलिप रायमाझीले सहकार्य गरेका छन् ।
कमेडी विषयमा निर्माण भएको फिल्ममा किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दिलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतको अभिनय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण