गुगलको अभिभावक कम्पनी अल्फाबेटको बजार मूल्य १० खर्ब डलर कट्यो, १० खर्ब डलर कटाउने विश्वको चौथो कम्पनी
एजेन्सी । वाल स्ट्रिटमा १० खर्ब डलर मूल्याकंन हुने एक नयाँ कम्पनी थपिएको छ । बिहीबार गुगलको अभिभावक कम्पनी अल्फाबेटको शेयर अहिलेसम्मकै उच्च रह्यो । अल्फाबेटको बजार मूल्य १० खर्ब डलर पुगेको छ ।
अल्फाबेटसँगै एप्पल, माइक्रोसफ्टको बजार मूल्याकंन १० खर्ब डलर छ । यी तीन अमेरिकी कम्पनी हुन् र तीन वटै प्रविधिसँग सम्बन्धित छन् । तर यी तीन बाहेक साउदी अरबको तेल कम्पनी साउदी अराम्कोको बजार मूल्य पनि १० खर्ब डलर रहेको छ ।
यी चार वटाध्ये पनि साउदी अराम्कोको बजार मुल्य सबैभन्दा बढी छ । अघिल्लो महिना २० अर्ब डलर मुल्यमा सार्वजनिक गरिएको कम्पनीको वर्तमान मूल्य केही घटेर १८ खर्ब डलर पुगेको छ ।
साउदी अराम्कोपछि सबैभन्दा बढी बजार मुल्य एप्पलको देखिन्छ । अमेरिकाको सबैभन्दा महङ्गो कम्पनी एप्पलको बजार मुल्य १४ अर्ब डलर छ । त्यसपछि १३ अर्ब डलरको मुल्यसहित माइक्रोसफ्ट विश्वको तेस्रो मूल्यवान कम्पनी हो ।
यस अघि अमेरिकी कम्पनी अमेजन पनि १० खर्ब डलरको बजार मूल्यमा पुगेको भए पनि पछि कम्पनीको शेयर मुल्य खस्कदा बजार मुल्य ९.३ खर्ब डलरमा झरेको छ ।
अल्फाबेटको शेयर सन् २०२० को सुरुमै ८ प्रतिशतले बढिसकेको छ । उता अमेरिका र चीनबीचको पहिलो चरणको व्यापार सम्झौतापछिको आशापूर्ण वातावराण्मा अमेरिकाको प्रविधि क्षेत्र सुधार देखिन थालेको छ ।
बिहिबार ड, एस–एण्ड–पी ५०० र नासड्याक अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले प्रधानमन्त्रीलाई भने, ‘विश्वासको मतअघि संसद् सुचारु हुने वातावरण बनाउनुस्’
-
संसद्को गतिरोध अन्त्यका लागि सत्तारुढ दल र प्रमुख प्रतिपक्षबिच छलफल
-
पेसागत भविष्यमाथि कुठाराघात नगर्न राहत शिक्षकहरूको चेतावनी
-
फोडेन प्रिमियर लिगको प्लेयर अफ द सिजन घोषित
-
राजा दिव्यचन्द्र र रानी बिर्सिकाको कथा
-
कानुनी शासनका लागि न्यायपालिका संवेदनशील : प्रधानन्यायाधीश श्रेष्ठ