चेकोस्लोभाकियामा अपाङ्ग हेरविचार केन्द्रमा आगलागी, कम्तीमा ८ जनाको मृत्यु
आइतबार, ०५ माघ २०७६, २२ : ५०
एजेन्सी । चेकोस्लोभाकियाको पश्चिमी सहर वेपटीको एक अपाङ्ग हेरचाह केन्द्रमा आइतबार आगलागी हुँदा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको उद्धारका लागि त्यहाँ पुगेका सरकारी अधिकारीले बताएका छन् ।
‘अपाङ्ग हेरविचार केन्द्रमा आगलागी हुँदा कम्तीमा आठको मृत्यु भएको छ भने ३८ व्यक्ति जलेर घाइते भएका छन्,’ आकस्मिक सेवा कार्यालयका प्रवक्ता प्रोकोप भोलेनिकले एएफ्पीलाई बताए ।
घटनामा सख्त घाइते भएका कम्तीमा ३० व्यक्तिलाई उपचारका लागि अस्पताल पठाइएको छ भने एक व्यक्तिको अवस्था निकै चिन्ताजनक रहेको छ, तीन गम्भीररूपमा घाइते छन् भने २६ जना सामान्यरूपमा घाइते रहेका छन् ।
भवनमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । ‘आगलागी सुस्त मनस्थिति भएका व्यक्तिहरूलाई राखिएको एक घरमा भएको थियो,’ वेपटीका नगरप्रमुख जित्का गाभ्दुनोभाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
-
दैलेखमा बालिकालाई जबरजस्तीकरणी आरोपमा एक जना पक्राउ
-
रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइयाे, तस्बिरहरू
-
वैदेशिक रोजगार विभागको सक्रियता : एकै दिन २९ नयाँ जाहेरी दर्ता, ९ जना पक्राउ
-
‘सम्पत्ति छानबिन आयोग असंवैधानिक’ भन्दै पूर्वन्यायाधीश खतिवडाले सार्वजनिक गरे सम्पत्ति विवरण
-
जुलियन किन्योनेसः रोनाल्डोलाई पछि पार्ने सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण