धरान उपमहानगरपालिकाका पूर्वमेयर राईको निधन
सोमबार, ०६ माघ २०७६, १६ : २०
काठमाडौं । धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ ।
६० वर्षको उमेरमा राईको उपचारका क्रममा ललितपुरको पाटन अस्पतालमा सोमबार मध्यान्ह निधन भएको हो । पूर्वमेयर राई एक वर्षयता क्यान्सर रोगबाट पीडित थिए ।
राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए ।
उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । उनी २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि २०४९ को स्थानीय निकायको चुनावमा पहिलो मेयर बनेका थिए ।
तत्कालीन एमाले निकट अखिलबाट पञ्चायतविरुद्ध राजनीतिमा होमिए उनी पछिल्लो समय समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण