हिटरको कहर : दामन घुम्न आएका ८ भारतीय पर्यटकको मृत्यु
भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ ।
दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
दामनको एभरेष्ट पानोरामा होटलमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले रातोपाटीलाई बताए ।
जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए ।
त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए ।
बिहान ८ बजेसमम पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन । त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा उनीहरु अचेत अवस्थामा भेटिएको थियो ।
लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो ।
अचेत अवस्थामा भेटिएका ८ जनाको मृत्यु भइसकेको ह्याम्स अस्पताल श्रोतले बताएको छ ।
होटलमा म्यानेजर केसीका अनुसार ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजनको अभाव भई पर्यटकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको नाम र ठेगाना खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण