हिटरको कहर : दामन घुम्न आएका ८ भारतीय पर्यटकको मृत्यु
भारतको केरलाबाट मकवानपुरको दामन घुम्न आइपुगेका २ परिवारका ८ सदस्यको मृत्यु भएको छ ।
दामनको पानोरामा होटलमा बास बसेका ८ जना भारतीय नागरिकहरु अचेत अवस्थामा भेटिएपछि मंगलबार बिहान हेलिकप्टरमा उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पतालमा ल्याइएको थियो । उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।
दामनको एभरेष्ट पानोरामा होटलमा राती ९ः३० बजे बास बस्न आइपुगेका १५ भारतीय पर्यटकले ४ वटा कोठा बुक गरेका थिए । उनीहरु ४ परिवारका सदस्यहरु रहेको एभरेष्ट पानोरामा होटलका म्यानेजर शिव केसीले रातोपाटीलाई बताए ।
जाडो बढेपछि भारतीय पर्यटकहरुले राति रेष्टुरेण्टमा प्रयोग हुने मसरुम ग्याँस हिटर आफ्नो कोठामा लगेका थिए । रेष्टुरेण्टका कामदारले लैजान नदिएपनि उनीहरुले बच्चालाई चिसो लाग्यो भनेर जबरजस्ती उक्त हिटर लिएर गएको, म्यानेजर केसीले बताए ।
त्यसपछि उनीहरु २ परिवारका सदस्यहरु एउटै कोठामा सुतेको पाइएको म्यानेजर केसीले बताए ।
बिहान ८ बजेसमम पनि उनीहरु नउठेपछि समूहकै अन्य सदस्यले ढोका ढकढक गर्दा पनि खोलिएन । त्यसपछि उनीहरुले ढोका फोडी हेर्दा उनीहरु अचेत अवस्थामा भेटिएको थियो ।
लगत्तै काठमाडौँबाट हेलिकप्टर मगाएर उनीहरुलाई उपचारका लागि काठमाडौंस्थित ह्याम्स अस्पतालमा लगिएको थियो ।
अचेत अवस्थामा भेटिएका ८ जनाको मृत्यु भइसकेको ह्याम्स अस्पताल श्रोतले बताएको छ ।
होटलमा म्यानेजर केसीका अनुसार ग्याँस हिटर बाली कोठाको झ्याल र ढोका सबै बन्द गरिएकाले अक्सिजनको अभाव भई पर्यटकको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । उनीहरुको नाम र ठेगाना खुलेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपाका मन्त्रीले लिए शपथ
-
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा ७ करोडको कारोबार
-
पश्चिम बंगालमा चौथो चरणको मतदानका क्रममा हिंसा, बम विष्फोटमा एक जनाको मृत्यु
-
अनलाइनमार्फत यौन व्यवसायमा लगाएको आरोपमा युवती पक्राउ
-
बजेटका लागि राष्ट्र बैंकको सुझाव- कृषि बाहेकका सहुलियतपूर्ण कर्जा कार्यक्रम स्थगन गरौँ
-
नीति तथा कार्यक्रमबारे ओलीलाई सभामुखको टेलिफोन