५८ पटक पेसी चढ्दा पनि फैसला भएन
सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो । मंगलबार ती विवादमा सुनुवाई भएपनि अन्त्यमा सम्बन्धित निकायबाट पुनः फाइल मगाइयो ।
ती विवाद विभिन्न मितिमा विभिन्न इजलासमा परेका भएपनि धेरैजसो त्यसको पालो नआएर सुनुवाई हुन सकेको छैन । सुनुवाईका लागि ५८ पटक पेसी चढेको भएपनि २० पटक हेर्न नभ्याइने भनि जनिएको छ ।
पक्ष र विपक्षको विवादको सुनुवाइ स्थगित गरेको संख्या ८ छ । सुनवाइ भएर आदेश गरेको संख्या ६ र हेर्न नमिल्ने न्यायाधीशकोमा ३ पटक परेको छ । ५८ पटक पेशी चढेको भएपनि अन्य विभिन्न कारणले विवादले अन्तिम निकास पाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण