५८ पटक पेसी चढ्दा पनि फैसला भएन

सूर्य नेपाल प्रालि र अर्थ मन्त्रालयसमेत भएको कर विवाद मुद्दाको सुनुवाईका लागि पेसी चढेको संख्या मंगलबार ५८ पुगेको छ । सूर्य नेपालले आन्तरिक राज्य विभागले तोकेको करको चित्त नबुझाई १२ थान रिट निवेदन दायर गरेको पनि १२ वर्षभन्दा बढी भइसक्यो । मंगलबार ती विवादमा सुनुवाई भएपनि अन्त्यमा सम्बन्धित निकायबाट पुनः फाइल मगाइयो ।
ती विवाद विभिन्न मितिमा विभिन्न इजलासमा परेका भएपनि धेरैजसो त्यसको पालो नआएर सुनुवाई हुन सकेको छैन । सुनुवाईका लागि ५८ पटक पेसी चढेको भएपनि २० पटक हेर्न नभ्याइने भनि जनिएको छ ।
पक्ष र विपक्षको विवादको सुनुवाइ स्थगित गरेको संख्या ८ छ । सुनवाइ भएर आदेश गरेको संख्या ६ र हेर्न नमिल्ने न्यायाधीशकोमा ३ पटक परेको छ । ५८ पटक पेशी चढेको भएपनि अन्य विभिन्न कारणले विवादले अन्तिम निकास पाउन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा विकास भट्टराईले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायी महासंघ र सुनचाँदी रत्न तथा आभूषण महासंघले सार्वजनिक गरेको घोषणापत्रमा के छ ?
-
बालुवाटारमा सत्तारुढ दलहरूबिच चार घण्टा छलफल, यी तीन विषयमा छलफल
-
तीन दशक सेवा गरेर आयल निगमबाट बिदा भए गोइत
-
इजरायलस्थित नेपालीको अवस्था बुझ्न एनआरएनएको अन्तरक्रिया
-
लागुऔषधसहित पर्साबाट चार जना पक्राउ
-
पहिरोले अवरूद्ध विपी राजमार्ग एकतर्फी सञ्चालनमा