सिटीले जित्दा चेल्सी र आर्सनल अङ्क बाँड्न बाध्य
इङ्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले जित्दा चेल्सी र आर्सनलले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
मङ्गलबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई उसैको मैदानमा १–० गोलले हरायो । अर्को खेलमा १० खेलाडीमा समेटिएको आर्सनलले चेल्सीलाई २–२ गोलको बराबरीमा रोक्दै अङ्क बाँडेको हो ।
सिटीको किठन जितमा सर्जियो अग्युरोले निर्णयक गोल गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले ७३ औँ मिनेटमा निर्णायक गोल गरेका थिए । सिटीले पहिलो हाफमै पाएको पेनाल्टी मिस गर्दा जितको लागि निकै संघर्ष गर्नु परेको थियो । सिटीका ग्याब्रियल जिससको सेफिल्डका गोलरक्षक डेन हेन्डरसनले बचाएका थिए । जितसँगै दोस्रो स्थानमा रहेको सिटीले २४ खेलबाट ५१ अंक बनाएको छ । सिटी शीर्ष स्थानमा आसिन लिभरपुलभन्दा १३ अंकले पछाडी छ । ३३ अंक बनाएको सेफिल्ड सातौँ स्थानमा छ ।

यसैगरी रोमाञ्चक अर्को खेलमा चेल्सीले दुईपटक अग्रता लिएपनि जोगाउन सकेन । चेल्सीको घरेलु मैदानमा आर्सनल २६ औँ मिनेटमै १० खेलाडीमा समेटिएको थियो । चेल्सीका टमी अब्राहमलाई आर्सनलका डेविड लुइजले डिबक्स भित्र लडाएपछि लुइजले रातो कार्ड पाएका थिए । सोही फलमा प्राप्त पेनाल्टीलाई चेल्सीका जर्जिन्होले सदुपयोग गरे । ६३औँ मिनेटमा आर्सनलका ग्याब्रियल मार्टिनेलीले काउन्टर प्रहारमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । ८४औँ मिनेटमा चेल्सीले पुनः अग्रता बनायो ।
चेल्सीका सेजर एजपिलीक्वेटाले गोल गरे । उनले कलुम हड्सन ओडोईको पासमा गोल गरेका थिए । त्यसपछि आर्सनलका हेक्टर बेलेरीनले ८७औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै २४ खेलबाट ४० अंक बनाएको चेल्सी चौथो स्थानमा यथावत छ । ३० अंक बनाएको आर्सनल १०औं स्थानमा छ ।
अर्को खेलमा म्यानचेस्टर युनाइटेड र एभर्टनले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण