काष्ठमाण्डप पुर्ननिर्माणका लागि महानगरको थप पाँच करोड सहयोग
काठमाडौँ । काष्ठमाण्डप पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड अनुदान दिएको छ । यस अघि नै दुई चरणमा रु पाँच करोड पचास लाख अनुदान दिएको महानगरपालिकाले यो पटक थप पाँच करोड दिएको हो ।
प्रदेश नम्बर तीनका सांसद राजेश शाक्यको नेतृत्वको काष्ठमाण्डप पुर्ननिर्माण समितिलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज रु पाँच करोडको चेक हस्तान्तरण गर्दै अस्त–व्यस्त, ध्वस्त र जीर्ण बनेका सम्पदा पुर्ननिर्माण अभियानमा महानगरपालिका जुटेको बताए । उनले काष्ठमाण्डप पुर्ननिर्माणका लागि आर्थिक अभाव नहुने गरी महानगरपालिका सहयोग गर्न तयार रहेको पनि बताए ।
२०७५ साल वैशाख १ गते काष्ठमाण्डप पुर्ननिर्माण कमिटी गठन गरेर पुर्ननिर्माणको कामलाई अघि बढाएको सो समितिलाई महानगरपालिकाले सुरुमा पचास लाख दिएको थियो । सो पचास लाखले कार्यालय व्यवस्थापन गर्नेलगायतबाट काम सुरु गरेको समितिलाई महानगरपालिकाले दोस्रो चरणमा रु पाँच करोड अनुदान दिएको थियो ।
मेयर शाक्यले काठमाडौँ महाहानगरपालिका मूर्त–अमूर्त सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा जुटेको भन्दै आफ्नो कार्यकाल भित्रै महानगर भित्रका सबै सम्पदा निर्माण–पुर्ननिर्माणको कामलाई सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै पुर्ननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले ५५ प्रतिशत काम सम्पन्न भएको भन्दै तोकिएको तीन वर्षको अवधीमा काम सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सबै मिलेर अघि बढ्ने हो भने विकास सम्भव भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण