काष्ठमाण्डप पुर्ननिर्माणका लागि महानगरको थप पाँच करोड सहयोग
काठमाडौँ । काष्ठमाण्डप पुर्ननिर्माणका लागि काठमाडौँ महानगरपालिकाले थप रु पाँच करोड अनुदान दिएको छ । यस अघि नै दुई चरणमा रु पाँच करोड पचास लाख अनुदान दिएको महानगरपालिकाले यो पटक थप पाँच करोड दिएको हो ।
प्रदेश नम्बर तीनका सांसद राजेश शाक्यको नेतृत्वको काष्ठमाण्डप पुर्ननिर्माण समितिलाई काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज रु पाँच करोडको चेक हस्तान्तरण गर्दै अस्त–व्यस्त, ध्वस्त र जीर्ण बनेका सम्पदा पुर्ननिर्माण अभियानमा महानगरपालिका जुटेको बताए । उनले काष्ठमाण्डप पुर्ननिर्माणका लागि आर्थिक अभाव नहुने गरी महानगरपालिका सहयोग गर्न तयार रहेको पनि बताए ।
२०७५ साल वैशाख १ गते काष्ठमाण्डप पुर्ननिर्माण कमिटी गठन गरेर पुर्ननिर्माणको कामलाई अघि बढाएको सो समितिलाई महानगरपालिकाले सुरुमा पचास लाख दिएको थियो । सो पचास लाखले कार्यालय व्यवस्थापन गर्नेलगायतबाट काम सुरु गरेको समितिलाई महानगरपालिकाले दोस्रो चरणमा रु पाँच करोड अनुदान दिएको थियो ।
मेयर शाक्यले काठमाडौँ महाहानगरपालिका मूर्त–अमूर्त सम्पदा निर्माण–पुर्ननिर्माणको अभियानमा जुटेको भन्दै आफ्नो कार्यकाल भित्रै महानगर भित्रका सबै सम्पदा निर्माण–पुर्ननिर्माणको कामलाई सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै पुर्ननिर्माण समितिका अध्यक्ष राजेश शाक्यले ५५ प्रतिशत काम सम्पन्न भएको भन्दै तोकिएको तीन वर्षको अवधीमा काम सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले सबै मिलेर अघि बढ्ने हो भने विकास सम्भव भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समिति नबनी सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने कांग्रेसको घोषणा
-
सभामुख अघि बढ्न खोजेपछि कांग्रेसले भन्यो– संसद्मा गलत अभ्यास नगरौं
-
गगन थापाले भने– संसद्ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाओस्
-
बैठकको सुरुवातमै कांग्रेसको अवरोध
-
निर्धारित समयभन्दा २ घण्टा ढिलागरी प्रतिनिधिसभा बैठक सुरु
-
संसद्को बजेट अधिवेशन सुरु