अमेरिकाको ह्युस्टनमा ठूलो विस्फोट
शुक्रबार, १० माघ २०७६, २२ : ०९

एजेन्सी । अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा शुक्रबार ठूलो विस्फोट भएको प्रहरीले बताएको छ । बिहानै विस्फोट भएपछि स्थानीयलाई त्रसित बनेका थिए ।
शहरको पश्चिमी क्षेत्रमा विस्फोट भएपछि प्रहरी त्यसतर्फ गएको थियो भने सुरक्षा प्रशासनले शहरमा भीडभाड नगर्न आग्रह गरेको ह्युस्टन प्रहरीले जनाएको छ ।
अमेरिकी समाचार संस्था सीएनएनले विस्फोट बिहान ४ः १५ मा भएको र शहरको पश्चिमी क्षेत्रका केही भवनहरू बेसरी थर्किएका थिए ।
केही स्थानीयले आफ्नो घरमा भ्यालका शिशाहरू चर्किएको बताएका छन् । समाचार सङ्कलन गर्दासम्म घटनामा कोही घाइते भएका वा नभएकाबारे थप विवरण उपलब्ध भइसकेको छैन । Photo: www.presstv.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल