आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्छ : मन्त्री भट्ट
हेटौंडा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योग विकासका लागि आन्तरिक लगानीलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन् । आज साँझ हेटौँडा औद्योगिक क्षेत्रमा उद्योग सङ्घका पदाधिकारीसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री भट्टले विदेशी लगानी भित्र्याउन लागिपर्दा स्वदेशी लगानीकर्ता निरास भएको बताए ।
मन्त्री भट्टले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेर औद्योगिक विकास गर्ने रणनीति अघि सारेको बताउँदै राष्ट्रलाई उद्योगमार्फत आत्मनिर्भर बनाउने दिशामा सरकार लागिपरेको जानकारी दिए । सङ्घीय सरकारले नीति निर्माण मात्र गर्ने र अबको दिनमा औद्योगिक क्षेत्र प्रदेश सरकारलाई जिम्मा लिने विषयमा समेत छलफल भइरहेको उनको भनाइ छ । बीस वर्षदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका विषयमा पनि छिट्टै निर्णय हुने उनले बताए ।
लगातार घाटामा गएपछि तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट बन्द गरिएको हेटौँडा कपडा उद्योगमा हाल सशस्त्र प्रहरी नेपाल गण नं १४ को कार्यालय रहेको छ । उद्योगमा हाल करीब तीन सय सशस्त्र प्रहरी बस्ने गरेका छन् । कपडा उद्योगमा ४८६ कपडा बुन्ने तान र १४ हजार ६८८ स्पिण्डल रहेको छ ।
मन्त्री भट्ट, उद्योग मन्त्रालयका सचिव बैकुण्ठ अर्याल, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अध्यक्ष नन्दकिशोर बस्नेतलगायतको टोलीले हेटौँडा सिमेन्ट उद्योग पनि निरीक्षण गरेको थियो । मन्त्री भट्टले आजै हेटौँडा औद्योगिक क्षेत्रमा रहेको क्यालिब्रेशन टावरको पनि निरीक्षण गर्नुभयो । तेल बोक्ने टङ्याकरको गुणस्तर मापन गर्ने क्यालिब्रेसन टावर हेटौँडामा निर्माण गरेपछि भारतको रक्सौलमा जानुपर्ने बाध्यता हटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राइभेट भिल्ला पार्टी’को नाममा ठगेको आरोपमा युवक पक्राउ
-
१३ अङ्कले घट्यो सेयर बजार, कारोबार ४ अर्ब ७० करोडमा सीमित
-
मलेसियामाथि नेपालको सानदार जित
-
गाडीमा कर छल्न भन्सारमा चलखेल : रसुवाका ६ जना कर्मचारी तानिए, छानबिन समिति गठन
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण