श्रीमानसँग रोमान्टिक तस्बिर पोष्ट गर्दा टिभी स्टार किम कार्दाशियनविरुद्ध मुद्दा दर्ता
आफ्ना श्रीमानसँग रोमान्टिक तस्बिर पोष्ट गरेका कारण किम कार्दासियनले कानूनी झमेला झेल्नुपरेको छ । किमविरुद्ध अन्तर्राष्ट्रिय फोटोग्राफर सईद बोल्डनले मुद्दा दर्ता गरेका छन् । इन्स्टामा टिभी स्टारको यो पोष्टले २२ लाख बढी लाइक्स पाइसकेको छ ।
अंग्रेजी वेबसाइट टीएमजेडका अनुसार यो कपल फोटो सईदले खिचेका थिए र उक्त फोटो सन् २०१८ अक्टोबरमा एल्बम रिलिज पार्टीमा खिचिएको थियो ।
व्यावसायिक फोटोग्राफर सायिद बोल्डनले किमले उनको फोटो उनको अनुमती बिना नै इन्स्टाग्राम अकाउन्टमा सेयर गरेको आरोप लगाएका छन् ।
उनले दर्ता गरेको मुद्दामा भनिएको छ, ‘मैले कहिले पनि टिभी स्टारलाई यो फोटो उनको सोसल मिडिया अकाउन्टमा सेयर गर्ने अनुमती दिएको थिइनँ न नै उनले यो सेयर गर्नका लागि मलाई पैसा तिरेकी छिन् ।’
यद्यपि, बोल्डनले आफूले दर्ता गरेको मुद्दाबारे केही विस्तृत जानकारी भने दिएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको वरिष्ठ नेतामा अमरेशको चर्चा, महामन्त्रीमा सुदिप र भूपदेवको रस्साकस्सी
-
एमबाप्पेको घातक आक्रमणसामु एटलस लायन्सको अग्निपरीक्षा
-
शैक्षिक परामर्श नियमावली २०८३ : सुधार कि व्यवसायमाथिको दमन ?
-
गुणस्तरीय बैंकिङ र बजार हिस्सामा निरन्तर सुधार गर्दै राष्ट्रिय वाणिज्य बैंक
-
नाट्टाको अध्यक्षमा पाण्डेको उम्मेदवारी
-
मणिपालमा ‘एक्सप्रेसन्स २०२६’ सुरु, कला र खेलमार्फत एकताको सन्देश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण