अग्नि सापकोटाविरुद्धको रिट न्यायाधीश फुयाँलले हेर्न नमिल्ने
सभामुखमा उम्मेदवारी दिएका अग्नि सापकोटाविरुद्धको रिटमाथिको सुनुवाई न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ ।
सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दा सर्वोच्चमा विचाराधीन अवस्थामा रहेको भन्दै अधिवक्ता दिनेश त्रिपाठीले अन्तरिम आदेशको माध्यमबाट सभामुखमा निर्वाचित नगराउन रिट दायर गरेका थिए ।
सापकोटाविरुद्ध सर्वोच्चमा अन्तरिम आदेशको माग गर्दै रिट निवेदन परेपछि आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलाशमा उक्त रिटको पेशी तोकेका थिए ।
पेशीको पहिलो नम्बरमा रहेको भएपनि सापकोटाविरुद्धको उक्त मुद्दा न्यायाधीश हरिप्रसाद फुयाँलले हेर्न नमिल्ने भएको छ ।
यसअघि कानुन व्यवसायी रहेकै अवस्थामा सुबोध प्याकुरेल लगायतले सापकोटाविरुद्ध दिएको रिटमा फुयाँलले बहस गरेका थिए । त्यतिबेला फुयाँलले अग्नि सापकोटाविरुद्ध बहस गरेका थिए ।
पहिले सापकोटा विरुद्ध नै सर्वोच्चमा बहस गरेका फुयाँल यतिबेला न्यायाधीश भइ सर्वोच्चमै कार्यरत छन् । त्यसकारण आफूले पहिले सापकोटाकै विरुद्धमा बहस गरेको कारणले पनि अहिले फुयाँलले उक्त मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
सापकोटाको मुद्दा आज हेर्न नमिल्नेमा परेको कारण आजको पेशी स्थगित भएको छ ।
यता सापकोटा आज नै सभामुखमा चयन हुँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण