अफगानिस्तानमा हवाई आक्रमण, १६ तालिवान लडाकू मारिए
आइतबार, १२ माघ २०७६, १७ : ४१
अफगानिस्तान । अफगानिस्तानमा भएको भिडन्तमा परी कम्तीमा १६ लडाकू मारिएका छन् । तालिवान लडाकूहरुको आश्रयस्थलका रुपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो भएको घटनामा परी उनीहरु मारिएका हुन् ।
अफगानिस्तानको उत्तरी क्षेत्रका सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाईले आइतबार दिएको जानकारी अनुसार तालिवान लडाकूहरुलाई नै लक्षित गरेर हवाई आक्रमण गरिएको जानकारी दिए ।
लडाकूहरु लुकेर बसेको सूचना थाहा पाएपछि सुरक्षाकर्मीहरुले त्यस क्षेत्रमा केही दिनदेखि सुरक्षा कारबाही चलाएका थिए । घटनाका बारेमा तालिवान लडाकूहरुको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । घटनास्थल केन्द्रीय राजधानी काबुलदेखि ३०५ किलोमिटर उत्तरतर्फ पर्दछ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण